पश्चिम तराईमा भीषण हावाहुरी र वर्षा, स्थानीय त्रसित    

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/hawahuri.jpg

धनगढी- सुदूरपश्चिमको तराईका जिल्लामा बुधबार बिहानैबाट भिषण हावाहुरीसंगै बर्षा सुरु भएको छ । कैलाली कंचनपुरमा बिहानैबाट हावाहुरीसंगै पानी पर्न थालेपछि जनजीवन प्रभावित भएको छ । 

अघिल्लो बिहिबार आएको भिषण हावाहुरीबाट प्रभावित भएकाहरु थप समस्यामा परेका छन् । हावाहुरीले घर भत्किएकाहरु पानी परे संगै पुन समस्यामा परेका हुन । 

घरको पर्खाल र छानो भत्किएर खुल्ला आकाशमुनी त्रिपाल टागेर बसेकाहरु बिचल्लिमा परेका छन् । गत बिहिवारको हावाहुरीले घर भत्किएका र छानो उडेकाहरु अधिकांशको बास खुल्ला आकासमुनी छ । 

सामान्य रुपमा छानो उडेकाहरु केहिले छानो निर्माण गरे पनि अधिकांश निर्माणको चरणमा रहेको धनगढी–१२ हिम्मतपुर मुक्त कमैया शिविरका फंगीराम चौधरीले बताए । 

उनले बिहानैबाट सुरु भएको हावाहुरीले पुनः सरसामान भिजाउनुका साथै त्रिपालसमेत उडाएको सुनाए । एक हप्ता देखि विद्युत अबरुद्द हुदा गर्मीले आजित भएका तराईबासीले पानी परेपछि भने सितल महसुस गरेका छन् ।




प्रतिक्रिया