नविल बैंकको बदमासीका कारण ऋणी मर्कामा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/Nabil_Bank_nepal.jpg

काठमाडौ- कोटेश्वरकी सजना राइले नविल बैंकबाट पाँच बर्ष अगाडी छोरोलाई अष्ट्रेलिया पढ्न पठाउनको लागि १४ लाख रुपैयाँ शैक्षिक कर्जा लिएकी थिइन् । 

नविल बैंकसँग उनले मासिक १७ हजार रुपैयाँ तिरेर १० बर्षमा तिरिसक्नुपर्ने सम्झौता थियो । उनी मासिक किस्ता तिर्दे गइन्, तर समय समयमा नविल बैंकले व्याज बढायो, विभिन्न सेवा सुविधा वापतको रकम काट्दै गयो भने एक दिन किस्ता आउन ढिला भयो भने त्यसको एक हजार रुपैयाँ जरिवाना पनि लगाउँदै गयो ।
 
तर उनलाई सो कुुराको कुनै पत्तो थिएन । जव उनले आफ्नो ऋणको स्टेटमेन्ट लिइन् उनी छागाँबाट खसेजस्तो भइन् । ऋण स्टेमेन्टमा हज्जारौ रुपैयाँ तिर्न बाँकी थियो ।
 
त्यस्तै दधिकोट भक्तपुरका भुपेन्द्र खड्काले पनि घर बनाउनका लागि तीन बर्षअघि नविल बैंकको बानेश्वर शाखाबाट १५ लाख रुपैयाँ होम लोन लिएका थिए । उनले सो रकम १५ बर्षमा तिरिसक्ने गरी १० प्रतिशतमा लिएका थिए तर अहिले उनको व्याज बढेर १२ प्रतिशत पुगिसकेको छ ।
 
केही दिनअघि कति रकम ऋण तिर्न बाकी रह्यो भनेर बुझ्न जादा मात्र उनी झस्किए । उनी ऋणको तिर्नपर्ने रकम देखेर नै आत्तिदै म्यानेजरकोमा गएर कड्किए तर उनको केही लागेन र निरास भएर फर्किए ।
 
’मैले मासिक  किस्ता समयमा नै हालिदिने गरेको थिए, कहिलेकाही एक दुईदिन ढिला हुन्थ्यो तर बैंकले केही पनि जानकारी दिदैनथ्यो त्यसैले म ढुक्क थिए रकम हालिदिएकै छु भनेर । तर अहिले त धेरै रकम तिर्न बाँकी देखाउँछ‘ उनले भने ।
 
खड्का र राइ त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता हज्जारौ ऋणीहरु नविल बैकको बदमासीका कारण हैरानमा परेका छन् ।
 
अन्य बैंकहरुमा जुनदिन ऋण तिर्नपर्ने हो सो दिनभन्दा केही समय ढिला किस्ता भयो भने सो किस्ताको व्याज बराबरको मात्र हर्जना तिर्नपर्दछ । तर नविल बैंकले भने एकैपटक एक हजार रुपैयाँ लागाउने गरेको छ । 

नेपाल राष्ट्र बैंकको अनुसार कुनैपनि बैंकले सेवा सुविधा दिदा, ऋणको व्याज बढाउँदा वा किस्ता तिर्दा बैंकले ग्राहकलाई जानकारी दिनुपर्ने प्रावधान छ । 

यदी बैंकले बढी लिएको खण्डमा ग्राहकले गुनासो सुनुवाई इकायमा गुनासो गर्न सक्ने राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनले भने,‘ बैंकहरुले धेरै रकम लिएको प्रमाणहरु राष्ट्र बैंकले जानकारी पाएमा बढी लिएको रकम फिर्ता समेत गराइदिएका छौ’।
 
जानकारी विना नै ऋणको व्याज बढाइदिने,  मानिसहरु नविल बैंकको बदमासीको भागिदार भएका छन् । बैंकले थोरै व्याजमा ऋण दिने भनी ऋणीलाई आकर्षित गरेपनि विस्तारै ऋणीहरुको डाढ भाचिने गरी व्याज बढाने र उनीहरुलाई जानकारी नै नदिइ एसमएमएस सर्भिसको चार्ज र जरिवाना चार्ज जोडिदा ऋणीहरु मर्कामा परेको गुनासो निक्कै बढ्न थालेको छ ।
 
नविल बैकका कर्जा प्रमुख विनय अधिकारीका अनुसार नविल बैंकले पहिला किस्ताको रकम अनुसारको जरवाना लिने गरेका थियौ करिव साढे दुई बर्ष यता भने यो प्रावधान राखिएको हो ।
 
यसरी प्रावधान फेरिएपछि जनतालाई जानकारी दिएको दावी गर्दै उनले भने यदी कसैको मोवाइल नम्बर नपुगेको वा नभएको वा त्यस्तो भएमा मात्र जानकारी नजाने दावी गरे ।
 
तर ऋणीहरु भने आफ्नो मोवाइल नफेरिएको र ऋण लिदा जुन नम्बर हो सोही नम्बर चलाइरहेको दावी गर्दछन् । नविल बैंकमा प्रमूख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाह आएदेखि बैंकले ऋणको व्याज ह्वात्तै बढाएको छ ।  

ऋणीहरुबाट जथाभावी रुपमा रकम असुलेका कारण नविल बैंकले धेरै कमाउने सक्षम भएको हो । बैंकको सेवा सुुविधा भने सरकारी बैंकहरु भन्दा पनि तल्लो स्तरको रहेको ग्राहकहरुको गुनासो रहेको छ । 
 




प्रतिक्रिया