धनुषाका निर्माण व्यवसायीले टेन्डर बहिष्कार गर्ने

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/dhanusa_nirman_byawasai.jpg

जनकपुरधाम – धनुषाका निर्माण व्यवसायीहरुले सबै प्रकारका टेन्डरहरु बहिष्कार गर्ने निर्णय गरेका छन्। निर्माण व्यवसायी महासंघको निर्णयअनुसार धनुषाका निर्माण व्यवसायीहरुले टेन्डर बहिष्कार गर्ने निर्णय गरेका हुन्।

निर्माण व्यवसाी महासंघ धनुषाको टोली शुक्रबार प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीलाई भेटेर टेन्डर बहिष्कारबारे जानकारी गराएका छन्। सार्वजनिक खरिद नियमावली (छैठौं) संशोधन २०७५ को केही बुँदाविरुद्ध निर्माण व्यवसायी महासंघले टेन्डर बहिष्कारलगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। १४ जेठदेखि सुरु भएको टेन्डर बहिष्कारको आन्दोलनलाई उनीहरुले निरन्तरता दिएका छन्।

निर्माण व्यवसायीहरुले साउन १ गतेअघिको लागि अन्य आन्दोलनको कार्यक्रमसमेत सार्वजनिक गरेको छ। जसअनुसार व्यवसायीहरुले सरकारलाई आफ्नो इजाजतपत्र बुझाउने, कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गर्ने, निर्माण उपकरणमा कालो झण्डा लगाएर काम गर्नेछन्। यसैगरी सडकमा शान्तिपूर्ण र्‍याली र पछि आ–आफ्नो उपकरणसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको निर्माण व्यवसायी संघले जनाएको छ।




प्रतिक्रिया