रोहिणीको प्राथमिकतामा कृषि

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/rohini_gaunpalika.jpg

भैरहवा - रोहिणी गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेको छ। ५ हजार ६ सय ५४ घरपरिवार बसोबास गर्ने उक्त गाउँपालिकाको कुल जनसंख्या ३७ हजार १ सय ७५ छ। उक्त गाउँपालिकाका मानिसको मुख्य पेसा पशुपालन र कृषि पेसा हो। त्यसैले कृषिलाई प्राथमिकतामा पारेर योजना बनाउनुपर्ने कृषि कार्यक्रम संयोजक बृजेश मिश्राले बताए।

कृषिप्रधान उक्त गाउँपालिकाको आगामी बजेटको प्राथमिकतामा कृषिलाई प्राथमिकतामा पार्ने तयारी गरेको धकधईमा बुधबार भएको एक कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज यादवले बताए।

आगामी आर्थिक वर्षको बजेटमा पचास प्रतिशत शिक्षामा त्यसपछिको लगानी कृषिमा गर्ने गरी तयारी थालेको अध्यक्ष यादवले बताए।

रोहिणी गाउँपालिकाका जनता कृषिमा निर्भर धेरै भएको हुँदा त्यसतर्फ बजेट लक्षितसमेत गर्न थालिएको अध्यक्षको तर्क थियो। नेपाल भारत सीमासँग जोडिएको, रोहिणी नदी र परासी भैरहवा हुलाकी मार्गसँग प्रत्यक्ष जोडिएको उक्त गाउँपालिकाको धकधईलाई कृषि उपजको केन्द्र बनाएर किसानलाई राहत दिन सकिने गरी बजेट व्यवस्थापन गर्न थालिएको हो।

चालु आर्थिक वर्षमा २५ लाखभन्दा बढी बजेट कृषिका लागि छुट्ट्याएको उक्त गाउँपालिकाका मानिसको प्रमुख पेसा कृषि नै हो।

यसैबीच कृषि दिवसको पूर्वसन्ध्यामा रुपन्देही कृषक सेवा समितिले विभिन्न मागसहित स्थानीय, प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरेको छ। यही जेठ २७ गते राष्ट्रिय कृषक दिवसका अवसरमा ओम सतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको सहयोगमा मनाउन लागेको कृषक सम्मान गर्ने कार्यक्रममा प्रत्येक वडाका १/१ जनालाई पशुपालक र कृषकलाई सम्मानित गर्ने कार्यक्रम रहेको कृषक सेवा समिति रुपन्देहीका अध्यक्ष देव धवलले बताए।

रुपन्दही जिल्लाको राम नरेश यादव माध्यमिक विद्यालयमा पत्रकार सम्मेलन कार्यक्रममा किसानले गरेको उत्पादनको उचित मूल्य निर्धारण गर्दा किसानसँग सरसल्लाह गरी गर्नुपर्ने, प्रत्येक क्षेत्रमा प्रकृतिअनुसार फरकफरक किसिमको खेतीपाती गर्ने योजना बनाउने काम किसान तथा राष्ट्रिय किसान आयोग मिलेर गर्ने र व्यवस्थापन गर्ने काम कृषि विभागले गर्नैपर्ने, उपज संकलन काम स्थानीय सरकारले गर्नुपर्ने माग राखे।

त्यसै गरी कृषकले गर्ने कामलाई उद्यमी मान्यता दिई किसानलाई चाहिने आवश्यक व्यवस्थापन वडा कार्यालय तथा स्थानीय तहमा रहेको कृषि शाखाले गर्नुपर्ने, वडादेखि राष्ट्रिय स्तरको कृषक समन्वय समिति किसानले चुनिएको कृषक नै हुनुपर्ने, राष्ट्रिय किसान आयोगमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्ने कृषक समन्वय समितिको माध्यमले चुनिएका एक प्रदेशको एक जना उत्कृष्ट किसान हुनुपर्ने, स्थानीय एग्रो प्राविधिकको संरक्षणमा प्रति हजार किसानको अनुपातमा बिउबिजन संरक्षण गर्ने किसान बिउबिजन संरक्षण केन्द्र स्थापना गर्नुपर्ने माग राखिएको थियो।

अध्यक्ष धवलले वडा अध्यक्षदेखि राष्ट्रपतिसम्मकाहरु एक दिन खाना नखाए बाँच्न सक्छन् भन्दै प्रश्न गरे। उनले किसान भनेका भगवान्का दोस्रो रुप भएको बताए। उनले किसान सधैँ भर मर्कामा पर्ने तर बिचौलियाले त्यसको फाइदा लिएको बताए।




प्रतिक्रिया