यस्ता छन् आजका विश्वका दश चर्चित खबर

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/cruise.jpg

‘अमेरिकाबाट चीन हच्किने छैन’

सिंगापुरमा आयोजित सांग्रि–ला डाइलगको क्रममा चिनियाँ रक्षामन्त्री जनरल ओएफिङले कुनै पनि अमेरिकी दवावमा चीन नहच्किने बताएका छन्।

ट्रम्पले भारतलाई विशेष व्यापारिक सहुलियतबाट हटाए

ट्रम्प प्रशासनले भारतलाई अमेरिकाले दिँदै आएको व्यापार सम्वन्धी विशेष सहुलिएतको सुविधालाई खारेज गरिदिएको छ।

गोलन हाइटमा इजरायली आक्रमण

इजरायलद्वारा प्रहार गरिएको क्षेप्यास्त्रबाट तीन शिरियाली सैनीक मारिएका छन्। यस आक्रमणबाट इजरायले सन् १९६७ मा गुमाएको गोलान क्षेत्र पुनः आफ्नो कब्जामा ल्याएको दावी गरेको छ।

क्रुसिप भेनिसमा दुर्घटना ग्रस्त

पर्यटक सवार ठुलो क्रुसिप नियन्त्रण गुमायर समुन्द्रको डाइकमा ठोकिँदा ठुलो संख्यामा पर्यटकहरू हताहत भएको जनाइएको छ।

अमेरिकी खुद्रा बजारमा बढ्दो महंगी

अमेरिकी सरकारले चिनीयाँ बस्तुमाथी थोपरेको थप करका कारण दैनिक उपभोग्य बस्तुहरूको भाउ बढ्न जाने खुद्रा व्यापारीहरूले जनाएका छन्।

प्यालिस्टाइन पुजारीहरू र इजरायली सैनिकबीच झडप

जेरुसलिमस्थित अलआक्सा मस्जिद्मा प्यालिस्टाइन पुजारीहरू र इजरायली सुरक्षा फौज भएको भनाभन मुडभेडमा परिणत हुँदा झडप भएको थियो।

राष्ट्रसंघद्वारा मध्य सोमालियामा भएको हत्याको निन्दा

राष्ट्रसंघको मिसनमा खटिएका आफ्ना शान्ति सेनाका एक जना सुरक्षा अधिकारी मारिदा राष्ट्रसंघ मुख्यालयले घोर भत्सना गरेको छ।

एलसाल भाडोरका नयाँ राष्ट्रपतिले राष्ट्रिय एकताको लागि अपिल

नवनियुक्त राष्ट्रपति बुकेलेले राष्ट्रिय एकता कमजोर हुँदै गएका कारण सम्पूर्ण राजनीतिक दलहरूले चुनावको नतिजा भन्दा माथी राष्ट्रलाई राख्नु पर्ने कुरा बताएका छन्।

भूकम्पद्वारा क्षतीग्रस्त नेपालको स्कुल चिनीयाँ विकासे संस्थाद्वारा पुर्ननिर्माण

गरिवी निवारणका लागि चिनीयाँ कोष नामक एक संस्थाले भूकम्पद्वारा क्षतीग्रस्त विद्यालय भवनहरू पुर्ननिर्माण गरेको छ।

गुगलले संघीय कानुनको सजाय भोग्नुपर्ने 

अमेरिकी इन्पटरनेट प्रदायक कम्पनि गुगलले अविश्वसनीयताका आधारमा अमेरिकी न्यायालयद्वारा दन्डीत हुने सक्ने विज्ञहरुले बताएका छन्। 



प्रतिक्रिया