अल्पमतको खतरामा ओली : प्रचण्ड हाबी

/assets/plugins/bower_components/fileman/Uploads/Images/Oli_Dahal_Merger.jpg

काठमाडौं - तत्कालीन एमाले र माओवादीबीच २०७३ वैशाख २३ गते तीनबुँदे सहमति हुँदा त्यसमा एउटा महत्त्वपूर्ण बुँदा थियो, प्रधानमन्त्री केपी ओलीको काँधमा रहेको सत्ता प्रचण्डको काँधमा सार्ने। सहमति गर्दा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनाल साक्षी थिए। तर सहमति भएको भोलिपल्टदेखि ओलीले त्यसको खण्डन गरे। 

सहमतिअनुसार एक महिनाभित्र सरकारको नेतृत्वमा प्रचण्ड आउने र वामपन्थी सरकारले तीन तहको चुनाव गराउनुपर्थ्यो। तर ओली सरकारको नेतृत्व हस्तान्तरण गर्न तयार भएनन्। त्यसपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर तत्कालीन माओवादी केन्द्र कांग्रेस नेतृत्वको सरकारमा सहभागी भयो।

अहिले प्रचण्डले ओलीसँग भएको सहमति बाहिर ल्याउनु र सत्ताको नेतृत्व हस्तातरणको कुरा उठाउनु त्यही झस्काइले काम गरेको चर्चा राजनीतिक वृत्तमा छ। नेकपा एकीकरण हुँदा पनि सरकारको नेतृत्व प्रचण्ड र ओलीले आलोपालो गर्ने सहमति भएको थियो। ओली प्रधानमन्त्री भएको फागुन ३ गते एक वर्ष पुगेको छ। आउँदो फागुनसम्म ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ।

बालुवाटार स्रोतका अनुसार ओली सत्ता हस्तान्तरण गर्न तयार छैनन्। उनले आफू निकट नेताहरूसँग आफूले पूरै कार्यकाल प्रधानमन्त्री हुने दाबी गर्दै आएका छन्। त्यसैकारण प्रचण्डले यो सुइँको थाहा पाएपछि ओलीले सहमति कार्यान्वयन गर्नेमा शंका गर्दै आफ्नो भनाइ सार्वजनिक गरेको एक नेताले बताए।

प्रचण्डको नजर नेपाल र गौतमतिर

ओलीले  प्रधानमन्त्री नछाड्ने सुइँको पाएपछि प्रचण्डले आफ्नो नजर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमतर्फ बढाएका छन्। ओलीले सहमति कार्यान्वयन नगरेमा उनले नेपाल र गौतम पक्षको सहयोग लिने सोच राखेको प्रचण्ड निकट एक नेताले बताए। ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड पक्षका ४५ सदस्य स्थायी समितिमा प्रचण्ड पक्षमा १९, नेपाल पक्षमा १३ र ओली पक्षमा १३ सदस्य छन्। प्रचण्ड र नेपाल पक्ष मिल्नेबित्तिकै स्थायी सिमितिमा प्रचण्ड बहुमत हुन्छ। यसरी स्थायी समितिमा दुई तिहाइ पुर्‍याउने रणनीतिमा प्रचण्ड छन्।

पूर्वमाओवादीलाई एक ढिक्का हुन प्रचण्डको आग्रह

पार्टीमा ओलीबाट आफू हेपिने भएपछि अध्यक्ष प्रचण्डले पूर्वमाओवादी नेताहरूलाई एक ढिक्का हुन आग्रह गरेका छन्। गएका साता प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका नेताहरू वर्षमा पुन, जनार्दन शर्मा र टोपबहादुर रायमाझीलाई उनले यस्तो अग्रह गरेको स्रोतले बतायो। अहिले पूर्व माओवादीतर्फ रामबहादलुर थापाको अलग्गै समूह देखिन थालेको छ।

विगत लामो समयदेखि अध्यक्ष प्रचण्ड बादलसँग सन्तुष्ट छैनन्। विप्लवलाई हेर्न दृष्टिकोणमा समेत उनीहरुबीच कुरा बाझ्न थालेको छ। गृहमन्त्रीसमेत रहेका थापा विप्लव समूहलाई दमन गर्नुपर्छ भन्नेमा छन् भने प्रचण्ड वार्ता गर्नुपर्ने पक्षमा।

शर्मा, पुन र रायमाझीले थापाविरुद्धको पोल प्रचण्डलाई समेत सुनाएका थिए। उनीहरुले थापाले विप्लवसँग वार्ता नहुने वातावरण सिर्जना गरेको भन्दै प्रचण्डसँग गुनासो गरेको एक नेताले बताए। 




प्रतिक्रिया