इटहरीमा रात्रीकालिन क्रिकेट प्रतियोगिता हुँदै 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/biratnagar.jpg

इटहरी – इटहरीमा पहिलो पटक रात्रीकालिन क्रिकेट प्रतियोगिता हुने भएको छ। इटहरीबाट संचालित एरिना टेलिभिजनको आयोजनामा हुने प्रतियोगिता जेठ ३१ बाटहुने आयोजकको भनाइ छ। प्रतियोगितामा ६ टीम सहभागी हुने एरिना टेलिभिजनका मेनेजिङ डाइरेक्टर समिर कार्कीले जानकारी दिए। 

नेपाल पुलिस क्लब, ससस्त्र प्रहरीले नेपाल एपिएफ क्लब जस्ता राष्ट्रिय टीमसँगै विराटनगर ११, झापा ११, बेलबारी  र आयोजक एरिनाच्यालेन्जर्स प्रतियोगितमा सहभागी हुने आयोजकले बताएको छ। बिहीबार इटहरी क्रिकेट रंगशालामा ट्रफिको अनावरण समेत गरिएको थियो। अनावरण कार्यक्रममा सुनसरी क्रिकेट संघका अध्यक्ष सिपी पौडेल, नेपालमा पहिलो पटक रात्रीकालिन क्रिकेट गराउने इनरुवाका अफजल हुसेन लागायतले ट्रफिको अनावरण गरेका थिए। 

हरेक दिन ६  बजेबाट प्रतियोगिता हुने मैदानको तयारी स्वरुप घाँस काट्ने  र मैदान सम्याउने काम भएको अध्यक्ष पौडेलले बताए। पौडेलका अनुसार ८ वटा टावर बनाएर रात्रीकालिन समयमा प्रकाश दिने फ्लड लाइट जडानगरिने छ। विकेटको अगाडि ६० मिटिर र दाँया–वाँया ५५÷५५ मिटरको मैदानमा क्रिकेट पिच बनाउने काम पनि जारी भएको पौडेलले बताए। 

९ दिनसम्म हुने प्रतियोगितामा ८ वटा खेलहरु हुने आयोजकले बताएको छ। लिग चरणका छ खेल हुनेछन् भने दुई खेलहरु भने नकआउट चरणका सेमिफाइनल र एक खेल फाइनल हुनेछ। 
प्रतियोगिताको पुरस्कार राशी र अन्य  पुरस्कारहरु एक हप्ता पछि सार्वजनिक गर्ने आयोजकले बताएको छ।




प्रतिक्रिया