शैक्षिक क्षेत्रको जिज्ञासा मेट्दै छैटौँ हिसान मेला

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/hisan_mela.jpg

काठमाडौं - छैटौं कान्तिपुर हिसान शैक्षिक मेला काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। ‘एसईई’ र ‘प्लस टु’ का विद्यार्थीका लागि टार्गेट गरेर सञ्चालनमा ल्याइएको मेलामा दोस्रो दिन पनि उल्लेखनीय सहभागिता रहेको छ। 

एसईई र प्लस टु’ का परीक्षा सकिएका विद्यार्थीको भविष्यको उचित मार्ग निर्देशनका लागि मेला सहयोगी हुने हिसानका सचिव जयराम खनालले बताए। उच्च शिक्षाका लागि नेपालमै पनि विदेशी स्तरका हाई स्कुल रहेको र विदेश नै जानु नपर्ने भन्ने अभिप्रायले मेला सञ्चालन गरेको सचिव खनालले बताए। मेलामा संख्यात्मक आधारमा एसईई दिएका विद्यार्थीको सहभागिता अझ बढी रहेको उनले जानकारी दिए। करिब एक सयभन्दा बढी कलेजको सहभागिता रहेको मेलामा विद्यार्थीले आफ्नो इच्छाअनुसार राम्रो र उचित कलेज छनोट गर्न सक्ने दाबी खनालले गरे। 

मेलामा सहभागी ट्रिटन इन्टरनेसनल कलेजका सहप्राध्यापक श्रीकृष्ण बिष्टले मेलामा सहभागी विद्यार्थीले आफ्ना जिज्ञासा मेट्ने अवसर पाएको  बताए।
https://www.nicasiabank.com/

त्यस्तै, ‘प्लस टु’ परीक्षा दिएर बसेका विद्यार्थीका लागि पनि ब्याचलर लेभलका सिम्याट, बीआईटी, बीआईएम सहयोगी स्टलहरु राखिएको छन्।

मेलामा पहिलो दिन ३५ हजार विद्यार्थी सरिक भएको बताइएको छ। जेठ ९ देखि सुरु भएको मेला जेठ १२ गतेसम्म चल्नेछ।

प्रतिक्रिया