जितपछि मोदीको पहिलो भाषण : सुनाए जितको १० सूत्र

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/modi_win_speech.jpg

काठमाडौं- भारतको लोकसभा चुनावको मत परिणाम आउँदै गर्दा भारतीय जनता पार्टी ९बीजेपी०का नेता एवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री हुने पक्का भएको थियो।

मतपरिणाम आइरहँदा मोदीले भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा हजारौं समर्थकलाई सम्बोधन गरे।  बीजेपीका अध्यक्ष अमित शाहले सम्बोधन गरेपछि मोदीले सम्बोधन सुरु गरे। चुनावको मत परिणाम आइरहँदा मोदीको पहिलो सम्बोधनमा उनले सम्पूर्ण जनतालाई धन्यवाद दिए।

दिल्लीमा पानी पर्दै गर्दा मोदीले सुरु गरेको भाषणमा भने, आज स्वयम् मेघराज विजयोत्सव मनाउँदैछन्। र, हाम्रो र्‍यालीमा सहभागी भएका छन् । लोकसभाको चुनावमा जनताको घर–घरमा हामी जनादेश लिन गएका थियौं। भारतीयहरुले आज यो ‘फकिर’को झोली भरिदिएका छन्।’ 

भाषणका क्रममा उनले आफूले जित्नुको केहि कारण ख्लाएका छन् भने देश र जनताका लागि केहि प्रतिवद्धता जाहेर गरेका छन् । 

– म जनतासँग प्रतिवद्धता गर्दछु कि बदनियतले कुनै काम गर्ने छैन।’

– सरकार बहुमतले बन्छ तर देश सर्वमतले चल्छ। 

– विपक्षीले पन्ना प्रमुखको मजाक उडाउँदै थिए। तर आज थाहा पाए पन्ना प्रमुखको शक्ति।

https://www.nicasiabank.com/
– विपक्षीले चाहेर पनि हामीमाथि भ्रष्टाचारको आरोप लगाउन सकेन।

– जब महाभारतको युद्ध समाप्त भएको थियो। त्यसपछि श्री कृष्णसँग सोधिएको थियो कि तपाई कसको पक्षमा हुनुहन्थ्यो। उनले भनेका थिए म हस्तिनापुरको पक्षमा थिए। आज भारतीय जनता पनि त्यही जवाफ दिएका छन् । 

–विश्वका लागि यो सबभन्दा ठूलो घटना हो। देश स्वतन्त्र भएको थियो। कयौं लोकसभा चुनाव भएको थियो। तर, सबभन्दा बढी मतदान यस चुनावमा भएको छ। त्यो पनि निकै गर्मीको मौसममा।

–देशको उज्जल भविष्यको ग्यारेन्टी गर्छु। मैले यो चुनावमा भनेको थिएँ, यो चुनाव कुनै दल, कुनै उम्मेदवार, कुनै नेता होइन, यो चुनाव देशले लड्दैछ।

– आज मेरो त्यो भावनालाई जनता जनार्दनले प्रकट गरेको छ। त्यसैले कोही विजयी भएको छ भने त्यो हिंदुस्तान विजयी भएको छ, लोकतन्त्र विजयी भएको छ, जनता विजयी भएका छन्।

–यो पार्टीमा धेरै दिलदार नेताहरु छन्। कार्यकर्ताहरु छन्। र, सबैको एउटै भावना छ, भारत माता की जय अरु केही होइन।

–जातीको नामले खेल खेल्नेहरुमाथि यो चुनावमा ठूलो प्रहार भएको छ। भारतमा एउटै जात छ त्यो हो गरीब। दोस्रो जाती हो गरीबीबाट मुक्त गराउन योगदान दिने।

प्रतिक्रिया