पार्टीका भक्त नभएर स्वतन्त्र विवेकशील नागरिक बन्‍न मिश्रको सुझाव

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Rabindra_mishra2.jpg

धनगढी – साझा विवेकशील पार्टीका केन्द्रीय संयोजक मिश्रले नागरिकलाई पार्टीका बधुवा भक्त नभएर स्वतन्त्र विवेकशील नागरिक हुन सुझाव दिएका छन्। बझाङ सदरमुकाम चैनपुरमा बिहीबार आयोजना गरिएको भ्रष्टाचार बिरूद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हामी नेपालका नागरिकहरू नागरिक जस्ता नभएर पार्टीका भक्त भएका कारण नेताहरू जनमुखी हुन नसकेको बताएका हुन्।

उनले भने अझै आम मानिसहरुले जबसम्म आफ्ना नेताहरूको आलोचना गर्न सक्दैनन् तबसम्म यीनै नेताहरू र नेताका कार्यकर्ताले शासन सत्ता सञ्चालन गर्ने हुँदा अब नागरिकहरूले पार्टीका भक्त नभएर स्वतन्त्र नागरिकका हैसियतले सक्षम योग्य राष्ट्रभक्ति र बिकासबादी मानिसहरूलाई समर्थन गर्नुपर्नेमा जोड दिए। नेताहरूको हस्तक्षेपका कारण राज्यका सबै संयन्त्रहरूमा ईमान्दारिता , नैतिकता, पदिय मर्यादा हराउँदै भष्ट्राचार मौलाएको भन्दै मिश्रले भने यो गतीबिधीले मानिसहरूको व्यक्तिगत प्रगती त होला तर मुलुक समृद्ध नहुने चिन्ता व्यक्त गरे।

भष्ट्राचार बिरूद्धको अभियानमा सुदूरपश्चिमका सबै जिल्लाहरूमा अभियान चलाउँदै बझाङ पुगेका विवेकशील साझा पार्टीका अन्य नेताहरूले पनि गणतन्त्र आएपछि म्लुकमा राम्रो प्रगती, बिकाश, समृद्धि होला सोचेका थिऔ तर अझैपनि मुलुकको बिकास , जनताको न्युनतम आबस्यकतासमेत परिपूर्ति हुन नसक्न् दुखद् रहेको बताएका थिए। नेताहरू आफ्नै निहित स्वार्थमा अल्झेका कारण अहिलेका कांग्रेस, नेकपाबाट परिबर्तन नहुने धारणसमेत उनीहरूले व्यक्त गरेका थिए

समारोहमा बोल्दै साझा विवेकशील पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले अहिलेका नेताहरुमा ईमान, निष्ठा हराएको बताउँदै आफूहरूले पद प्रतिष्ठाका लागि पैसा कमाउनका लागि राजनीती भन्दा पनि म्लुकको आमुल परिवर्तनका लागि राजनीति गरेको बताए। ‘संसारका सबै देशहरू भन्दा नेपाल प्राकृतिक हिसावले पनि स्रोत साधन सम्पन्न छ। तर, हामीले ब्यबस्थापन गर्न नसकेका कारण र नेताहरुमा ईच्छा शक्तिको कमी भएका कारण नेपालको बिकास हुन सकेको छैन,’ उनले भने।

यसैगरि सुदूरपश्चिम प्रदेशका संयोजक गोपी हमालले अहिले पनि नागरिकहरूमा दलिय दासत्व कायमै रहेका कारण मुलुकको बिकास हुन नसकेकोले देशमा दण्डहिनता बढेको, भष्ट्राचार मौलाउँदै गएको बताए। भ्रष्टाचार बिरुद्धको अभियान सुदूरपश्चिमका नौं ओटै जिल्लामा गर्ने साझा विवेकशील पार्टीले जनाएको छ।




प्रतिक्रिया