यस्तो भयो लुभु जात्राको समापन (भिडियो)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/lubhu_jatra.jpg

ललितपुर - आठ दिनसम्म चल्ने लुभु जात्रा बुधबार सम्पन्‍न भएको छ। रातो मच्छिन्द्रनाथ र महालक्ष्मी महाभैरवको जात्रा सधैं एकै दिन सुरु हुन्छ। वैशाख शुक्ल अक्षय तृतीयादेखि ८ दिनसम्म यो जात्रा मनाइन्छ। 

बाजागाजासहित महालक्ष्मी र महाभैरवको खटलाई परिक्रमा गराइन्छ। एउटा खटमा गणेश, महालक्ष्मी र कुमारको मूर्ति हुन्छ भने अर्को खटमा गणेश, महाभैरव र कुमारीको मूर्ति हुन्छ। खटजात्रामा धिमे, धाँ र न्यासी बाजा बजाइन्छ। अन्तिम दिन खटलाई बुधबार महालक्ष्मी  देवीस्थान पुर्‍याएर जात्राको समापन गरिएको हो।

 तस्बिर /  भिडियो :  सनम महर्जन
 










प्रतिक्रिया