चापागाउँमा जनता जागेपछि... (भिडियोसहित)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/chapagaun_sadak.jpg

ललितपुर - ललितपुरको चापागाउँमा सडक कालोपत्रेमा ढिलाइ भएपछि धुँवाधुलोबाट प्रभावित स्थानीय सडकमा उत्रेका छन्। स्थानीयको प्रदर्शन र धर्नाले दुईदिन देखि यो सडक अवरुद्ध भएको छ। स्थानीय निकाय तथा प्रशासनसँग वार्ता भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन। सडक भत्काएको दुई वर्षसम्म पनि कालोपत्रे नभएपछि आक्रोशित स्थानीय सडकमा उत्रेका हुन्।



दुई वर्षदेखिको धुँवाधुलोको संक्रमणका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको छ। सडक अवरुद्ध भएपछि सर्वसाधरण थप मर्कामा परेका छन्। आफ्ना निजी साधन हुनेहरूले बैकल्पीक बाटो प्रयोग गरे पनि सार्वजनिक यातायातमा यात्रा गर्नेहरूलाई सकस भएको छ। सडक विस्तारको वहानामागएको २ वर्षदेखीविग्रीएको सडक नबनाएको र सडकबाट आएको धुलो धुँवाले मानव स्वास्थ्यमाअसर परेको भन्दै स्थानीयवासी आक्रोसित बनेका थिए।



यसअघि दैनिक विहान २ घण्टा बन्द गराएकोमा विगत २ दिनदेखी दिनभर नै बन्द गराएका छन्। धुँवाधुलोले गर्दा यहाँका स्थानीय जेष्ठ नागरिक र वालबालिकामा बढी प्रभाव परेको छ बुढाबुढीमा निमोनिया, दम खोकीलगायतका स्वासप्रस्वास जस्ता स्वास्थ्य समस्या देखीएको र जसका कारण ज्यानै समेत गएको छ। सातदोबाटोदेखीचापागाँउसम्मको सडकको बीच भागबाट दायाँवाया ११/११ मिटरको बनाउन घर भत्काएर बाटो बढाउने भने पनि मुआब्जालगायतका विषयमा कुरा नमिल्दा सबैतिर सडक विस्तार भएको छैन। राजनीतिक संरक्षणका कारण ठेकेदारले समयमा काम नसक्दा पनि कुनै कारबाही हुन सकेको छैन।





प्रतिक्रिया