‘लभ डायरीज’को फस्ट लुकमा सुशिलको छातिमा रुबिना

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/Love_dayari.jpg

काठमाडौं – चलचित्र ‘लभ डायरीज’को निर्माण टिमले फस्टलुक पोष्टर सार्वजनिक गरेको छ। चलचित्रको फस्टलुकमा नव–नायिका रुबिना थापा नायक सुशिल श्रेष्ठको छातिमा टाउको राख्दै रोमान्टिक देखिएकी छन्।

चलचित्र टिमले असोजको ३ गतेबाट रिलिज हुने गरी फिल्मको रिलिज मितिसमेत सार्वजनिक गरेको छ। सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रमा शुशिल र रुविनासँगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको मुख्य भूमिका छ। चलचित्रमा प्रेम र कमेडीलाई प्रस्तुत गरेको बताइएको छ।

विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर पनि निर्माता छन्। साहिल खान एसोसियट निर्देशक र सम्पादक रहेका छन्। संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ।




प्रतिक्रिया