सुनसरीको देवानगंज गाँउपालिकामा इन्भेष्टमेण्टको शाखा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/Nabil_Bank.jpg

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगंज गाँउपालिकामा आफ्नो ८०औं शाखा विस्तार गरेको छ। देवानगंजगाँउपालिका वडा नं. २ स्थित देवानगंज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्नेछ। बैंक परिसर भित्रै केही समयमा नै एटिएम सेवा पनि संचालनमा ल्याइँदैछ।

शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवीयादवले उद्घाटन गरिन्। उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ माशाखा थप गरेको हो। 

हाल बैंकले काठमाडौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ। सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखा रहित बैंकिङ सेवा मार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ।

बैंक अफ द यर पाँच पटक प्राप्त गरिसकेको नविल बैंकले उत्कष्ट सेवा तथा व्यवासायमा गरेको अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सलेन्स ‘बेस्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ। यस्तै बैंकले यसै वर्ष इक्रा नेपालद्वारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ‘ए’ बाट ‘ए प्लस’ ल्याई स्तरोन्नति गरेको छ।




प्रतिक्रिया