निरन्तर शनिबारमा हेम प्रभास र जय गौडेल

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/Rachanabachan.jpg

काठमाडौं – निरन्तर शनिबारको यस पटकको शृङ्खला कवि हेम प्रभास र गजलकार जय गौडेलको उपस्थितिमा सम्पन्‍न भएको छ। स्रष्टाहरुले प्रत्यक शनिबार बालमिकि क्याम्पसमा जम्मा भएर रचना बाचन गर्नुकासाथै साहित्यीक चर्चा गर्ने गरेकाछन्।

कार्यक्रममा कवि हेम प्रभासले छ ओटा कविता सुनाउँनुका साथै अन्य कविहरुका कवितामाथि टिप्पणी गरेका थिए। उनले कविताको साहित्यको विशिष्ट विद्या रहेको बताउँदै यसको इतिहास लामो रहेको बताए। कविताको विशिष्टताका कारण यसको बारेमा चर्चा गरेर नसकिने धारणा राखेका थिए। कविता हृदयको स्पन्दन भएको बताउँदै हेमले मानिसको जीवन कविताबाट विमुख हुन नसक्ने बताए। 

यसैगरी गजलकार जय गौडेलले गजल सम्बन्धि आफ्नो धारणा राखेका थिए। चार गजल र दुई कविता सुनाएका जयले गजल गेयात्मक विधा भएकाले यसमा लयको पालना अनिवार्य भएको जिकिर गरेका थिए। शास्त्रीय लयका अलवा लोक लयलाई  पनि छान्‍न सकिने र विभिन्‍न नेपाली लोक लयमा राम्रा–राम्रा गजल लेख्न सकिने कुरा उनले बताए। गजल लेख्दा तुकबन्दी र उक्ति वैचित्रयलाई ध्यान दिनु पर्ने भन्दै एउटा राम्रो गजल लेख्न निकै मिहिनेत र लामो समय पनि लाग्न सक्ने उनले बताए।

कार्यक्रममा चन्द्रकान्त पौडेल, इन्द्र लम्साल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, सुदर्शन शर्मा, सरोज राई, प्रकाश बम परिश्रमी, तपेन्द्र घोडासैनी, एपी सुमन, रञ्जिता गिरी, रमेश बलामी, पदम दाहाल, प्रीतिका खत्री, शिक्षा नेपाल, नवीन गिरी, रीता पुन, स्वागत नेपाल, सोझो गाउँले लगायतले रचना बाचन गरेका थिए।




प्रतिक्रिया