अनुष्का बनिन् मिस नेपाल २०१९

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/miss_nepal_mm_1.jpg

काठमाडौं- २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्का श्रेष्ठले यो बर्षको मिस नेपाल वल्र्डको उपाधि जितेकी छिन् ।

‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।

यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले हात पारेकी छिन् ।  ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत जितिन भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले चुमेकी छिन् । मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् ।
 
यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।
 
यस वर्ष सर्वसाधरणले समेत टिकट काटेर हेर्न पाउने गरि किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा कार्यक्रम आयोजना गरिएको थियो । 
 



प्रतिक्रिया