सडकमा माग्दा माग्दै बसेको प्रेमले बनायो 'साहुनी' 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/ful_sahuni.jpg

काठमाडौं – ओखल्ढुङ्गाकी जुना कुमारी न्यौपानेको जीवन अहिले तानाव मुक्त छ। कुनै बेला सडकमा मागेर गुजारा गर्ने उनी अहिले साहुनी बनेकी छन्। उनले मागेर गुजारा गर्दागर्दै अर्का मागेर गुजरा गर्नेलाई पनि साहु बनाइन्। माग्दा माग्दै उनीहरुबीच बसेको माया प्रितिले अन्ततः दुबैलाई साहु र साहुनी बनायो। 

२०६६ सालमा काठमाडौं आएपछि जुनाको जिन्दगी नै परिवर्तन भएको छ। उनी फूल बेच्ने काम गर्छिन् भने उनका श्रीमान दाउरा बोक्ने काम गर्छन्। उनीहरुका आफ्ना सन्तान छैनन्। उनीहरु कहिले घर पनि जाँदैनन्। 

जुना कुमारी न्यौपाने गरिब परिवारमा जन्मेकी हुन्। गरिब भएका कारणले उनले शिक्षा हासिल गर्न पाइनन्। उनको बाल्यकाल दुःख कष्ट गरेर गयो। सानैदेखि घाँस दाउरा, अरुको खेतालो गएर, गाईवस्तु चराएर उनको बाल्यकाल वित्यो। उनले कहिल्यै बाल्यकालका रमाइलो के हो अनुभुति नै गर्न पाइनन्। कहिले कतै घुम्न पनि गइनन्।
 
विस्तारै उनको उमेर बढ्दै गयो। उमेरसँगै उनी ठूली हुँदै गइन्। गाईवस्तु चराउँदाको उनको एउटा मिल्ने केटा साथी थियो। दिनदिनै सँगै हुन थालेपछि उनीहरु एकअर्काको नजिक भइसकेका थिए।

यस्तैमा एकदिन उनीहरुबीच शारीरिक सम्बन्ध भयो। उनी गर्भवती भइन्। यो कुरा उनको केटा साथिलाई भन्दा उनले यो कुरामा विश्वास मानेनन् र बोल्न नै छाडे। उनी गर्भवती भएको बिस्तारै सबैलाई थाहा हुँदै गयो। घरमा थाहा पाएपछि उनलाई सबैजनाले पिटे र कसको भुँडी बोकिस् भनेर कराए। 
 
माग्ने क्रममा उनको भेट भयो राम न्यौपानेसँग। राम पनि त्यहाँ धेरै पहिलादेखि माग्दै आएका थिए। उनको एउटा खुट्टाले राम्ररी काम गर्दैनथ्यो। उनलाई पनि सहाराको खाँचो थियो। दुबैले बिस्तारै एकअर्काको सहारा भेटेको महसुस गर्दै गए।

चरम यातना पश्चात उनको गर्भ खेर गयो। त्यो घटनापछि उनलाई गाउँमा बस्न मन लागेन। आफूले जेनतेन बचाएर राखेको पैसा बोकी उनी काठमाडौं आइन्। काठमाडौं त उनी आइन् तर कहाँ जाने के गर्ने थाहा नै थिएन। भर्खरै गर्भ गएर कमजोर भएका कारण उनले कठिन काम पनि गर्न सक्दिैनथिन्।  

गाउँमा हुँदा उनले पशुपतिनाथको नाम सुनेकी थिइन्। सबैलाई सोध्दै उनी पशुपतिनाथ मन्दिर पुगिन्। उनले त्यहाँ धेरै मान्छेहरु माग्न बसेको देखिन्। उनीसँग पनि पैसा कमाउने अरु केही उपाए थिएन त्यही भएर उनी पनि माग्न थालिन्। दिनभरी मागेर अनि राती भएपछि त्यतै सुत्न थालिन्। 

माग्ने क्रममा उनको भेट भयो राम न्यौपानेसँग। राम पनि त्यहाँ धेरै पहिलादेखि माग्दै आएका थिए। उनको एउटा खुट्टाले राम्ररी काम गर्दैनथ्यो। उनलाई पनि सहाराको खाँचो थियो। दुबैले बिस्तारै एकअर्काको सहारा भेटेको महसुस गर्दै गए।
 
बिस्तारै उनीहरु आ–आफूले मागेको पैसा एकअर्कालाई बाँडचुड गर्न थाले। एकै भाँडोमा पकाएर खान थाले। खाएर बचेको पैसा जम्मा गर्न थाले। दुईजना मिलेर जम्मा गरेको पैसा ५ हजार पुग्यो। त्यसपछि  केही गर्ने सोंच गरे। त्यती पैंसाले अरु केही गर्न मिल्दैन थियो। त्यही भएर उनीहरुले फूल बेच्न थाले। फूल बेच्न थालेपछि उनीहरुसँग झन् धेरै पैसा उठ्न थाल्यो। कोठाभाडा तिर्ने पैंसा जम्मा हुन थालेपछि त्यही नजिकै कोठा लिएर बस्न थाले। त्यो बेलासम्म उनीहरु राम्रा साथी मात्र थिए।
 
उनले गाउँमा घटेको घटना भुलेकी थिइनन् र रामले पनि साथिको नजरले बाहेक अरु नजरले कहिले हेरेको थिएन। तर सँगै बस्न थालेपछि रामले एकदिन बिहे गर्ने कुरा गरे। सुरुमा त उनलाई कस्तो कस्तो लाग्यो तर अब सबै कुरा सँगै गर्न थालेपछि बिहे गर्नु नै ठिक हो जस्तो उनलाई पनि लाग्यो। आखिर पछि एक्लै बस्नुभन्दा उसँगै बस्नु नै सही हो जस्तो लाग्यो र उनीहरुले गुहेश्वरीमा गएर विवाह गरे। 

अहिले उनीहरुको विवाह भएको १० वर्ष भयो। उनीहरु एकदम खुसी छन्। उनीहरुका आफ्ना सन्तान छैनन्। होस् भनेर पनि उनीहरु चाहदैनन्। आफ्नो घर परिवार हुँदा त यो हालत छ झन् उनीहरुसँग त केही छैन पछि गएर के हालत होला भनेर डर लाग्ने कुरा जुनाले बताइन। 

अहिले उनका श्रीमान आफूले सकेको दाउरा ओसार्छन् र उनी फूल बेच्ने काम गर्छिन। आफूले सकेको उनीहरुले खातामा पैंसा जम्मा गरेका छन्। बितेका घटनाको बारेमा उनका श्रीमानलाई केही थाहा छैन र उनलाई पनि श्रीमानको बारेमा केही थाहा छैन। उनीहरुले एकअर्कालाई सोधेका पनि छैनन् र सोध्न पनि नसोध्ने उनी बताउछिन्।
 
पशुपतिनाथले जुराएको जोडीलाई जुनाले पशुपतिनाथलाई नै सुम्पेकी छिन्। जिन्दगीमा उनले धेरै माया गर्ने श्रीमान पाएकी छिन्। ‘खान लाउन पाएकी छुँ यो भन्दा धेरै केही चाहिँदैन।’, उनी भन्छिन्। 

बितेका घटनामा उनलाई कहिल्यै पछुतो नभएको उनी बताउछिन्। सायद उनको जीवनमा त्यो घटना नभएको भए आज उनले यति राम्रो जिन्दगी पाउने थिइनन्। माग्नेबाट सुरु भएको नयाँ जीवन फूलको साहुनी भएर फूलेको छ।




प्रतिक्रिया