प्रदेश १ राजधानी : इटहरीदेखि विराटनगरसम्म कुन कार्यालय कहाँ ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Pradesh_1.jpg

इटहरी- सोमबार साँझ प्रदेश १ ले विराटनगर केन्द्र बनाएर सुन्दहरैचा र इटहरी क्षेत्र समेट्ने गरि राजधानी करिडोर पारित गरेको छ । पौने आठ बजे संसदमा उपस्थिति ८६ जना सांसदहरुले विराटनगरलाइ प्रदेश १ को स्थायी राजधानी तोक्दै व्यवस्थापिका र कार्यपालीकाको संरचनाहरु इटहरी र सुन्दरहरैचाको गोठगाँउमा बनाउने सर्वसम्मत निर्णय गरेका हुन ।
 
अब प्रदेश १ का व्यवस्थापिका अन्तर्गतका प्रदेशसभा र प्रदेशसभाको सचिवालय, कार्यपालिका अन्तर्गत मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मुख्यमन्त्री तथा मन्त्री निवासहरु कहाँ तोक्ने जिम्मा प्रदेश १ सरकारको पोल्टामा आएको छ ।

यी सबै संरचनाहरु विराटनगर, इटहरी वा गोठगाँउमा कहाँ हुने भन्ने विषयमा तय गर्ने जिम्मा प्रदेश १  सरकारकाे भएकाे कानुनी मस्यौदा सल्लाहकार तथा संविधानसभाका सदस्य रेवतीरमण भन्डारी बताउाँछन् ।

भन्डारीका अनुसार राजधानी तोकिएका  क्षेत्रहरुमा कुन संरचना कहाँ बनाउने भन्ने सबै अधिकार अब प्रदेश सरकारको  भएको छ । सरकारले निर्णय गरेको स्थानमा उक्त संरचनाह बन्न सक्ने भन्डारीेले बताए ।

भन्डारीको जस्तै बताउँछन प्रदेश १ का सभामुख प्रदीप भन्डारी । सभामुख भन्डारीका अनुसार राजधानीका संरचनाहरु कहाँ कहाँ राख्ने भन्ने अबको काम प्रदेश सरकारको हो । 'प्रदेशसभाले विराटनगरलाइ स्थायी राजधानी बनाउदै व्यवस्थापिका र कार्यापालीकाहरु इटहरी र सुन्दहरैचाको गोठगाँउमा तोकेको छ', नेपाल समयसँग कुराकानी गर्दै सभामुख भन्डारील भने, 'प्रदेशसभाले निर्णय गरेका क्षेत्रमा प्रदेश सरकारले अनुकुल क्षेत्रमा व्यवस्थापिका र कार्यपालीका संरचनाहरु तोक्ने बाटो पाएको छ ।'

प्रदेश १ का सांसद लक्ष्मण तिवारीले व्यवस्थापिका र कार्यपालीकाका संरचनाहरु सरकारले तोकेपछि राजधानी पुर्ण हुने बताउँछन । 'व्यवस्थापिकाका  प्रदेशसभा तथा प्रदेश सभाको सचिवालय एकै स्थानमा हुन्छन भने कार्यपालीकाका मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मुख्यमन्त्री तथा मन्त्री निवाशहरु पनि एकै कम्पाउन्डभित्र हुन्छन', तिवारीले भने, 'यि कार्यालयहरु विराटनगर, सुन्दरहरैचाको गोठगाँउ र इटहरीमा प्रदेश सरकारले आवस्यक भएका स्थानमा तोक्न सक्छ ।'

यता, प्रदेश सरकारले विराटनगरलाइ राजधानी तोकेर सुन्दरहरैचाको गोठगाँउ र इटहरी क्षेत्रमा व्यवस्थापिका र कार्यपालीका संरचना बनाउने निर्णय भएपनि कपितपयले भने व्यवस्थापिका र कार्यपालीका एकै स्थानमा हुने तर्क गरेका छन ।  नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगरमै व्यवस्थापिका र कार्यपालीका हुने मुख्यमन्त्रीको आश्वासन आएपछि मात्रै नेपाली कांग्रेसले सर्वसम्मत प्रस्तावमा समर्थन गरेको बताए । संचारकर्मिहरुसँग कुरा गर्दै उनले भने, 'विराटनगरमै प्रदेशसभा देखी मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु हुन्छन ।'

 विराटनगर बाहिर राजधानी हुनुपर्छ भनेर ३७ सांसदको हस्ताक्ष संकलनको नेतृत्व गरेका नेकपा सांसद सर्वध्वज साँवाले भने व्यवस्थापिका र कार्यपालीका एकै स्थानमा हुन नसक्ने बताए । 'प्रदेश सभाले एकै स्थानमा कार्यपालीका र व्यवस्थापिका राख्ने भनेको छैन', साँवाले भने, 'विराटनगरलाइ स्थायी राजधानी बनाएर इटहरी र गोठगाँउमा व्यवस्थापिका र कार्यपालीकाका संरचना बनाउने मात्रै भनेको छ ।'

नेकपा सांसद लिलम बस्नेतले विराटनगरलाइ आन्दोलनको अवस्थामा मुख्यमन्त्रीले एकै स्थानमा हुने भनेपनि एकै स्थानमा हुन नसक्ने बताए । 'विराटनगरका स्थानिय आन्दोलित हुँदा मुख्यमन्त्रीले त्यस्तो भन्नु भएको हुनसक्छ' बस्नेतले भने, 'इटहरी र गोठगाँउमा व्यवस्थापिका र कार्यपालीका संरचना बनाउने कुरा लिएर भोली यहाँका स्थानियपनि विराटनगरन भन्दा धेरै आन्दोलित हुन सक्ने भएकाले एकै स्थानमा हुन असम्भव छ ।' 




प्रतिक्रिया