प्रदेश १ को स्थायी राजधानी विराटनगर

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/pradesh1.jpg

विराटनगर – विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी घोषणा गरिएको छ। सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा प्रदेश राजधानी घोषणा गरेको हो। 

विपक्षीदल नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले थियो। तर, कांग्रेसलेसमेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मत रुपमै विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी तोकिएको हो। 

प्रदेश १ मा कुकल ९२ जना प्रदेशसभा सदस्यहरु छन्। तीमध्ये ८६ जनाको उपस्थितिमा स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएको प्रदेश सभाले जनाएको छ। बैठकमा ६ जना सांसदहरु भने अनुपस्थित थिए।
https://www.nicasiabank.com/

विराटनगरलाई स्थायी राजधानी तोकिए पनि विराट क्षेत्रको अवधारणा अनुसार संसद र कार्यपालिकाका कतिपय संरचना इटहरी र गोठगाउँसमेतलाई समेटेर बनाइने प्रस्ताव नेकपाले संसदमा लगेको थियो।

प्रदेशको स्थायी राजधानी पारित भए पनि प्रदेशको नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ।

प्रतिक्रिया