प्रदेश १ राजधानी : धनकुटे सांसदको बागी प्रस्ताव 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/pradesh1.jpg

इटहरी - आज साँझ अपरान्ह प्रदेश १ को प्रदेश सभामा पहिलोपटक स्थायी राजधानीको प्रस्ताव पेस भयो। नेकपा र नेपाली कांग्रेसले संस्थागत निर्णय गरेर विराटनगरलाई प्रदेशको राजधानी बनाउने प्रस्ताव ल्याए। नेपाली कांग्रेसबाट विराटनगरमा स्थायी राजधानी हुने प्रस्ताव प्रमुख सचेतक केदार कार्कीले गरे। कार्कीलाइ कांग्रेसकै शिवनारायण गनगाइ र संघीय समाजवादी फोरमका सांसद जयराम यादवले समर्थन गरे।

विराटनगरमा स्थायी राजधानी र इटहरी तथा गोठगाँउमा व्यवस्थापिका, कार्यपालीका र मन्त्रालयका संचरनाहरु बनाउने गरि नेकपाका प्रमुख सचेतक बुद्धिकण राजभन्डारीले प्रस्ताव गरे। भन्डारीको प्रस्तावमा सांसदहरु लिलम बस्नेत, बिजयकुमार विश्वास, राजकुमार ओझा, सबित्रा कुमारी रेग्मी र यसोदा अधिकारीले समर्थन गरे। 

यसरी सत्तापक्ष र प्रमुख प्रतिपक्षले विराटनगरलाई स्थायी राजधानी बनाउनेगरि प्रस्ताव गरिरहँदा धनकुटाका सांसदहरुले भने बागी प्रस्ताव गरेका छन्। नेकपा धनकुटाका सांसद निरन राई र नेपाली कांग्रेस धनकुटाकी सांसद लिला सुब्बाले धनकुटा राजधानी बनाउनुपर्ने प्रस्ताव गरे।

राईको प्रस्तावमा धनकुटाका नेकपा सांसद त्रय इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ र बिनादेवी राई रहेका छन। यसैगरी, सांसद लिला सुब्बाको प्रस्तावमा ताप्लेजुङका कांग्रेस सांसद प्रतापप्रकाश हाङगाम र संघीय समाजवादी फोरमका सांसद राजचन्द्र लिम्बुले समर्थन गरेका छन। 

प्रदेशसभाको नियमावली (पहिलो संसोधन) को नियम ५८ ‘क’ बमोजिम प्रदेशको स्थायी राजधानीको चार प्रस्ताव प्रदेशसभा सचिवालयमा आएका छन। सोमबारबाट संसदीय छलफल भएपछि दुई तिहाईबाट स्थायी राजधानी तोकिने सभामुख प्रदीप भन्डारीले बताए।




प्रतिक्रिया