दर्शक स्रोताको मन जित्दै शिवको ‘साइँलो’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/sailo.jpg

काठमाडौं - लोकप्रिय सर्जक शिव हमालले लालुमैको सर्वाधिक सफलतापछि अर्को गीत ‘साइँलो‘’ दर्शक, श्रोतामाझ ल्याएका छन्।

दुई महिना अगाडि बजारमा आएको हमालको लय र शब्दमा रहेको लालुमै बोलको गीत यूट्युवमा अहिलेसम्म एक करोड ३४ लाख भन्दा बढी पटक हेरिसकिएको छ।


बिहीबार उनै हमालको लय र शब्दमा अर्को उत्कृष्ट गीत ‘साइँलो‘’ सार्वजनिक भएको छ। विष्णु माझी र विक्रम रानाको आवाज रहेको गीतको संगीत संयोजन आशिष अविरलले गरेका छन्।

गीतको भिडियोमा दिलिप रायमाझी र कविता नेपालीको मुख्य अभिनय देख्न सकिन्छ। चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन्। बिहिबार सार्बजनिक भएको गीतले अहिले सम्म २ लाख ९९ हजार पटक हेरिएको छ । गीत यती बेला नेपालको १९ नम्बर  ट्रेडिङमा रहेको छ।

यो गीतले पनि दर्शक, स्रोताको अत्यधिक माया पाउने सर्जक हमालको विश्वास छ। लालुमैमा विष्णु माझी र सन्दिप न्यौपानेको आवाज थियो। जुन गीत निकै लोकप्रिय भइरहेको छ।
 




प्रतिक्रिया