मजदुर भन्छन्- 'काम नगरी दिवसले खान दिँदैन'

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/labour_story.jpg

भैरहवा- बुधबार भैरहवाको तापक्रम ३९ डिग्री थियो। तातो लू चलीरहेको थियो। बजार सुनसान थियो। तर बुद्धपथमा तपतपी पसीना चुहाउदै अखलेश साहनी एकतारले बेल्चा चलाइरहेका थिए।

ओमसतिया गाउपालिका तरकुल्लाहका २५ वर्षीय साहनीले बालुवामा हानेको बेल्चा एक तमाशले गाडिदा उनको छेऊमा टोकरी लिएर रामलखन खडा भइरहेका थिए। साहनीको बेल्चाको बलमा उठेको बालुवा ४७ वर्र्षीय रामलखनले फटाफट् उठाउँदै लादै थिए। बोल्ने फुर्सद पनि थिएन। धेरै बेरको पर्खाई पछि कामलाई सुस्त गर्दै साहनीले मलाई सोधे, भन्नुस् किन आउनु भएकोरु

आज मजदुर दिवस तपाईलाई थाहा छ की भनेर सोध्न आएकोरु उनको सटिक जवाफ थियो, ‘थाहा छैन।’ उनले फेरी बेल्चा चलाउन थाले।

प्रचण्ड घामको प्रकाशमा उनका पसीना बेल्चाको जोडसँगै टिलीक्क टल्कीदै बालुको कणमा खस्दा हतार–हतारमा बलौटो हातले अनुहारको पसीना पुछीरहन्थे।

साहनी र रामलखन दैनिक ७ सय रुपैयाँ मजदुरी पाउने शर्तमा विहानदेखी साँझसम्म काम गर्दछन्। उनीहरुलाई एक दिन पनि छुट्टि हुँदा ठूलो नोक्सानी भएको अनुभूति हुन्छ। उनीहरुले एकै स्वरमा भने, ‘हामी काम गर्नेलाई दिवस दिवसले खान दिँदैन। बस ∕ दैनिक काम भए पुग्छ।’

साहनी र रामलखन जस्तै वर्षभरी काम नगरी खान नपाइने हुँदा दिनरात काम गरिरहेको निर्माण क्षेत्रका मजदुर लाल बहादुर नेपालीले बताए। विगत २० वर्षदेखी ज्याला मजदुरी गर्दै आइरहेको उनले एउटा हातमा घर प्लास्टर गर्ने कर्नी लिएर प्लास्टर गर्दै भने, ‘के गर्ने हजुर दिन रात काम गर्नुपर्छ, काम नगरी खान पाइदैन, जत्ति सकिन्छ बाचुञ्जेल काम गर्ने हो। अरु त के होला र यस्तो लेवरको काम गरेर जग्गा जमिन जोड्दै घर बनाउन त सकिन्न। तर, बालबच्चा र आफूहरुलाई विहान बेलुका खान लागाउन पुगे हामीलाई केही चाहिदैन।

उनी भन्दै थिए ‘मजदुर दिवस भनेको बल्ल तपाईको मुखबाट थाहा पाए। के गर्ने एक दिन काम नगरे त्यो दिन खान पाइदैन। हामीलाई के को मजदुर दिवसरु

तातो लू को पर्वाह नगरी ईरिक्सा लिएर छहारीमा सुस्ताएका मनबीर थपाको कथन पनि उस्तै छ। उनी भन्छन् ‘मलाई दिवसको बारेमा थाहा भएन सर, काम नगरी दिवसले खान दिदैन त्यसैले म त आज दिनभर पनि रिक्सा चलाइरहेको छु।

आज भन्दा १३० वर्ष अगाडी अमेरीकाको सिकागो सहरमा त्यहाका मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आरम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन गरेका थिए। सो आन्दोलनलाई दबाउने हरेक प्रयास त्यहांको साम्राज्यवादी सरकारले गरेको थियो। सोही आन्दोलनको जगमा विश्वभरका मजदुर एक भए।

विश्व राजनीतिमा मजदुर आन्दोलन परिवर्तनको कडी बन्यो। साशन सत्ता फेरिए तर, मजदुरको मुक्ति हुन सकेन। मुक्ति त के नेपाली मजदुरहरुलाई मजदुर दिवसकै बारेमा थाहा छैन। यो दुःखको कुरा हो। यसो हुनुको कारण राजनीतिक दल र मजदुर संगठनको कमजोरी पनि देखिन्छ।

विश्वभर १३० औं मजदुर दीवस धुमधामले मनाइयो। मजदुरहरुको जगमा स्थापना भएको कम्युनिस्ट पार्टीको बहुमतिय सरकारले नेपालमा पनि विभिन्न सभा सम्मेलन आयोजना गर्‍यो ।

प्रधानमन्त्रीदेखी गाउपालिकाका अध्यक्ष समेतले ठूला ठूला भाषण पनि गरे। औपचारीक क्षेत्रका मजदुरलाई आजका दिन विदा पनि दिइयो। तर, अनौपचारिक क्षेत्रका मजदुरहरुलाई भने यो दिवसको पत्तो छैन।
 



प्रतिक्रिया