एसीको चिसो कति घातक !

Use_AC.jpg

जलवायु परिवर्तनका कारण विश्वभरी गर्मी बढ्दो छ । बढ्दो गर्मीलाई छल्न र क्षणिक आनन्द लिनका लागि हामीले वैकल्पिक उपकरण प्रयोग गछौं । नियमित विद्युत आपूर्ति हुनेस्थानमा एसीको व्यवस्था हुन्छ । 

बाहिरको गर्मीबाट भित्र पस्दा पाइने ठन्डा मौसमले हामीलाई लोभ्याउँछ नै तर, यही लोभले आफ्नो स्वास्थ्यका लागि दीर्घकालमा कस्तो असर पार्छ भन्ने कुरा सबैले सोच्नु जरुरी छ । 

एसीको चिसोले वैदेशिक रोजगारीमा गएका धेरै नेपाली युवा सुतेको अवस्थामा मृत भेटिएका समाचार त धेरै सार्वजनिक भएका छन् तर, नेपालमै पनि लगातार सात/आठ घण्टा एसीको प्रयोग गर्दा स्वास्थ्यमा पर्ने असरका बारेमा ‘अलबामा युनिर्भसिटीले गरेको रिसर्चले एसीको प्रयोगबाट बच्दा राम्रो भन्ने निष्कर्ष निकालेको छ । 

थाहा पाउनुहोस एसीका असर

टाउको दुखाई

तपाईंको अफिसमा दैनिक एसी चल्छ भने तपाईं टाउको दुखाईको बिरामी बननुहुन्छ । टाउको दुखाईसँगै नियमित एसी चलाउँदा थकान बढ्नुका साथै बेमौसम रुघाखोकी लाग्ने समस्या देखिन्छ । 

छालामा इन्फेक्सन, आँखामा पाक्ने रोग

एसीले टाउको दुखाईसँगै छाला र आँखामा पनि समस्या उत्पन्न गराउँछ । छालामा अनेकन किसिमका इन्फेक्सन हुनुका साथै आँखा चिलाउने, पोल्ने, पाक्ने तथा सुन्निने समस्या हुने गर्दछ । 

यतिमात्र हैन यसले छालामा सुख्खापन पैदा गरी अनुहारको आकर्षण घटाउँछ । अत्यधिक समय एसीको हावामा बिताउने मानिसले खानामा ध्यान दिनुका साथै प्रशस्त पानी पिउनुपर्छ । छालालाई सुख्खा हुनबाट बचाउन मोइस्ट्चराइजको प्रयोग गनुपर्छ ।

रोग बल्झाउँछ 

एसीको बढी प्रयोगले पुरानो रोग जस्तै हात–खुट्टा भाँएिको ठाउँको दुखाई, कम्मरको दुखाई जस्ता समस्याहरु देखा पर्छन । घाटी, हात, जोर्नी, ढाड र कम्मर चिसो हावाको प्रभावले बढि दुख्ने गर्दछ । लामो समयसम्म चिसोमा बस्दा शरीरको कतिपय अङ्गमा बेहोशी र स्पर्श महसुस नहुने समस्याहरु देखा पर्ने गर्छ । ब्लड प्रेसरको बिरामी पनि बनाउँछ ।

गर्मी सहने सहाशीलतामा कमी

जो व्यक्ति रातदिन एसीको हावामा बस्ने गर्छन उनीहरुमा गर्मी सहने शक्तिको कमी हुन्छ । कम गर्मीमा पनि गाह्रो र सहनै नसक्ने प्रवृत्तिको विकास भइसकेको हुन्छ ।

स्वासप्रश्वासमा समस्या

लामो समयसम्म एसी सफा नगर्दा भित्र धुलो जम्ने गर्छ र त्यसले फ्याक्ने हावासँग मिसिएर धुलो शरीरमा प्रवेश गर्छ । एलर्जी र सास फेर्नमा समस्याको सुरुवात हुन्छ । जस्तै हामीले सुनैका छौं कि चिसो ठाउँमा सास लिन असजिलो महसुस हुन्छ । एसीको हावामा सरुवा रोग लाग्ने अत्यधिक सम्भावना रहेको हुन्छ ।

केश झर्ने समस्या

मानिसको सुन्दरता झल्काउने केश, आँखी भौ र परेला झर्ने समस्या पनि एसीको प्रयोगले बढ्ने गर्दछ । एसीको हावाले नयाँ केश पलाउन पनि रोक्ने गरेको चिकित्सकहरु बताउँछन् । 

मस्तिष्कमा प्रभाव

चिसोले मानिसको मस्तिष्कमा छिटो प्रभाव पार्नेगर्छ ।





 



प्रतिक्रिया