महानगर आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्दै 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Aembulenc.jpg

काठमाडौं – काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा बिच एम्बुलेन्स सेवा (अस्पताल पूर्व आकस्मिक स्वास्थ्य सेवा) सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यष रन्जीत आचार्यले उक्त सेवा सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अचित समयमा आपत्कालिन सेवाको अभावलाई महशुस गर्दै उक्त सेवा सञ्चालन गर्न लागिएको बताइएको छ। आकस्मिक सेवामा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी सहितको पूर्ण प्राविधिक जडान भएको एम्बुलेन्स सेवाद्वारा अत्यावश्यक स्वास्थ्य सेवा सुरु गरी उपचार गर्दै अस्पताल पुर्‍याउने उद्देश्यकाले यो सेवाका लागि सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ।

 




प्रतिक्रिया