रोनाल्डोको कीर्तिमानसँगै युभेन्टसलाई उपाधि

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/tag_reuters.com,2019_newsml_rc1d66a67640_1479353011_768x432.jpg

एजेन्सी- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएसँग युभेन्ट्सले इटालीयन सिरी ए मा उपाधि जितेको छ । युभेन्ट्सले लगातार आठौं पटक सिरी ’ए’ फुटबलको उपाधि जित्दा रोनाल्डोले युरोपका महत्वपूर्ण तीन लिगको उपाधि जित्ने एक्लो खेलाडीको कीर्तिमानी बनाएका हुन् । 

शनिबार राती भएको खेलमा फियोरेन्टिनालाई २-१ ले पराजति गर्दै युभेन्ट्सले लगातार आठौं पटक घरेलु लिगको उपाभि जितेको हो । युभेन्टसका लागि एलेक्स सान्ड्रोले गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो । फियोरेन्टेनाका लागि मिलेनकोभिकले एक गोल गरेका थिए । 

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने पाहुना टोलीले गरेको थियो । पहिलो हाफको ६ औं मिनेटमा नै पाहुना टोलीका मिलेनकोभिकले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । 

तर, पाहुना टोलीले अग्रता जोगाउन नसक्दा युभेन्ट्सको घिरेलु टोलीले पुनरागमन जित निकालेको हो  । खेलको ३७ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

पहिलो हाफ १-१ को बराबरी भएको खेलको दोस्रो हाफमा युभेन्ट्सले आत्मघाती उपहार गोल पाउँदै लिगको उपाधिनै आफ्नो पोल्टोमा पार्यो । युभेन्ट्सले ३३ खेलबाट ८७ अंक जोड्दै केही खेल अगावै लिगको उपाधि जितेको हो । युभेन्ट्सले दोस्रो स्थानको नेपोली भन्दा २० अंकको अग्रता बनाएको छ ।



प्रतिक्रिया