विप्लप समूहका नेतालाई लक्षित गरी गोली प्रहार

/assets/plugins/bower_components/fileman/Uploads/Images/Pestol_goli.jpg

धनगढी – कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा सोमबार अपरान्ह विप्लव समूहका कार्यकर्तालाई लक्षित गर्दै गोली प्रहार भएको छ।

खेतमा गहुँ काटिरहेको अवस्थामा स्थानीय राजाराम चौधरीमाथि गोली प्रहार भएको हो। चौधरीलाई लक्षित गरी प्रहार गरिएको गोली उनलाई नलागेको बताइएको छ। 

उनीमाथि कसले गोली प्रहार गरेको हो भन्ने खुलेको छैन। कैलाली प्रहरीले पनि यसबारे अनभिज्ञता जनाएको छ। यसबारे कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले घटनाबारे बुझ्न आफू त्यसतर्फ गइरहेको जानकारी दिए। घटना स्थल धनगढीबाट झण्डै २० किलोमिटरको दुरीमा पर्छ।




प्रतिक्रिया