सलमानको बुढ्यौली रुप

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Bharat.jpg

मुम्बई – सलमान खान र कटरीना कैफ अभिनित फिल्म ‘भारत’ यो वर्ष इदमा रिलिज हुनेछ। यसलाई २०१९ का ठूला फिल्ममध्येका एक फिल्मको रुपमा लिइएको छ। अली अब्बास जफरले भारतको निर्नेशन गरेका छन्। भारतमा सलमान खान फरक–फरक लुकमा देखिने छन्। भारतमा रहेका उनका थुप्रै लुकसमेत बाहिर आएका छन्। यतिवेला उनको अर्को लुक सार्वजनिक भएको छ। जसमा उनलाई वृद्ध अवस्थामा रहेको देख्न सकिन्छ।

सलमानले उक्त तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जति सेता कपाल मेरो टाउको र दाढीमा छन् तीभन्दा बढी रंगीन मेरो जीन्दगी छ।’ यस पोस्टरमा २०१० लेखिएको छ। पोस्टरका मुनी थुप्रै बच्चा र निरास मान्छे देख्न सकिन्छ ।

सलमानको यस्तो लुक सार्वजनिक भएसँगै थुप्रै शुभचिन्तकहरु हौसिएका छन्। कतिले त यसलाई ब्लाकबस्टरसम्म भन्न भ्याएका छन्।

भरतको ट्रेलर २६ अप्रिलमा सार्वजनिक हु्नेछ। फिल्म ५ जुनमा रिलिज हुने बताइएको छ। यो फिल्म राम्रो हुन सक्ने भन्दै अहिलेबाटै बलिउडमा चर्चा सुरु भएको छ।

डाइरेक्टर अली अब्बास जफसँग सलमानले यस पहिले ‘सुलतान’ र ‘टाइगर’ फिल्म खेलिसकेका छन्। यो उनीहरुले सँगै काम गरेको तेस्रो फिल्म हो। 

फिल्ममा सुनील ग्रोवर, दिशा पटानी र जैकी थोफ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ। सलमान यतिवेला भारतको शुटिङ्ग सकेर दबंग ३ को शुटिङ्मा व्यस्त छन्।




प्रतिक्रिया