सञ्‍चारकर्मी संजयले ल्‍याए ‘कसरी भनु म’को म्‍यूजिक भिडियो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Chaudhari.jpg

काठमाडौं – नेपाली सांगीत आकाशमा विगत एक दशकभन्दा लामो समयदेखि पाइला चालेका युवा सञ्‍चारकर्मी तथा गायक सञ्‍जय चौधरीले नयाँ म्यूजिक भिडियो ल्‍याएका छन्।

सामाजिक सञ्जाल युट्युवमार्फत उनले ‘ कसरी भनु म’ बोलको नयाँ म्‍युजिक भिडियो ल्‍याएका हुन।

उक्त गीतमाको शब्द रचना अजय शमशेर राणा र संजय चौधरीको रहेको छ भने संगीत पनि गायक चौधरीकै रहेको छ। उनीहरुसँगै र्‍यापर अदा ब्वायले गाउन साथ दिएका छन्। 

मदन शमशेर राणाले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा विष्णु लामा, जसमिन र पूजाले मोडलिङ गरेकी छिन्। गीतलाई रिभिल इन्टरटेनमेन्ट र बिजी इन्टरटेनमेन्टले बजारमा ल्‍याएको हो। 

यसअघि संजयले ‘डुबाइ डुबाइ’, ‘तिमी आयौ, तिमी आयौ’, ‘गल्ती मेरो छैन’ र ‘तिमीले यो के गरेको’ जस्ता चर्तित गीतहरु दर्शक सामू पस्किसकेका छन्।

इथोस व्याण्डसँग समेत आवद्ध रहेका संजय हाल घोङ्ही डटकमका संस्थापकको रुपमा कार्यरत छन्।
 




प्रतिक्रिया