यसरी मनाइयो सबैभन्दा ठुलो बिस्का जात्रा (फोटो/भिडियो)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Bhaktapur_wall.jpg

काठमाडौं-देशकै सबैभन्दा ठुलो र प्रमुख जात्रा मानिने बिस्का जात्रा आज (बुधबार) बाट सुरू भएको छ। बिस्का (बिस्केट) जात्रा चैत शुक्ल मसान्तको ४ दिन अघिबाट सुरू हुन्छ। सोहि परम्पराअनुसार यस वर्षको जात्रा आजबाट सुरू भएको हो।

८ रात नौ दिने लामो बिस्का जात्राको पहिलो दिनलाई ‘द्यो क्वह विज्याइज्यू’ अर्थात भगवान् आफ्नो बासस्थान (मन्दिर) बाट स्थानीयको घरआँगनमा सवारी हुने दिन मानिन्छ।



भक्तपुरको पन्च तल्ले मन्दिर अगाडि चार पांङग्रो ठुलो ‘भैलख’ अर्थात भैरवको रथ राखिएको हुन्छ। रथलाई सरकारी तवरबाट पुजाविधि गरिएपछि भैरवलाई रथमा रथारोहण गरिन्छ।

बिस्का जात्रा अप्रभंश भई बिस्केट जात्रा भएको संस्कृतिविद्हरु बताउँछन् । मल्ल काल चैत शुक्ल मसान्त र नव वर्ष गरी २ दुई दिन मात्र हुने गरेको बिस्का जात्रा, मल्ल कालका अन्तिम राजा रणजीत मल्लको समयमा आएर ८ रात ९ दिनको हुन थालेको  जानकारहरू बताउँछन् ।



विगतका वर्षमा, जात्रा साँझको समयमा सुरू हुने गरेको थियो । जसका कारण, मुडभेड र सुरक्षा चुनौति बढि देखिदै आएको थियो । यस वर्षबाट भक्तपुर नगरपालिकाले दिउँसो २ बजे सुरू गरेर बेलुका ६ बजे भित्र सक्ने व्यवस्था गरेको छ ।
 
भिडियो
 








प्रतिक्रिया