अधुरै रह्यो ५ लाख पर्यटक भित्र्याउने कर्णालीको सपना

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/rara_tal.jpg

सुर्खेत- गत बैशाख १ गते अर्थात नयाँ वर्षको शुभदिन । त्यही दिनमा कर्णाली प्रदेश सरकारले रारा तालमा एउटा भव्य समारोहको आयोजना गर्‍यो ।

देशका प्रधानमन्त्रीदेखि उच्चपदस्तहरुलाई रारा तालमा उत्तार्‍यो । प्रदेश मन्त्री, सांसद र स्थानीय तहका प्रतिनिधिहरुको रारामा ठूलै लस्कर लगायो । त्यतिमात्रै होइन त्यही समारोहका झण्डै एक करोड अर्थात ८७ लाख १८ हजार ९७३ रुपैयाँ ७९ पैसा पनि स्वाहा पार्‍यो ।

यति गर्नुको एउटै उद्देश्य थियो विश्वका पर्यटकहरुको ध्यान रारामा केन्द्रित गर्ने र कर्णालीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्नु । र त्यहीबाट सपनाको उद्घोष भयो 'कर्णालीमा ५ लाख पर्यटक भ्यिाउने' । तर ५ लाख पर्यटक भित्र्याउने कर्णाली प्रदेशको सपना भने सपनामै सिमित भएको छ । एक वर्ष पुग्न ५ दिनमात्रै बाँकी रहदा कर्णालीमा २ लाख ३३ हजार २१ जना मात्रै पर्यटक भित्र्यिका छन् ।

दुःखको कुरा यति ठूलो तामझम गरिएको रारामै न्यून पर्यटक पुगेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार रारामा यस वर्ष जम्मा ५ हजार मात्रै पर्यटक भित्र्एका छन् । मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायका अनुसार कर्णालीका प्रमुख पर्यटकीय स्थलमध्ये महत्वपूर्ण मानिने रारामा गत बैशाखदेखि हालसम्म ५ हजार ५ सय ३० जना पर्यटक रारामा आएका छन् । जसमध्ये पाँच हजार ३ सय १४ जना आन्तरिक पर्यटक छन् भने २ सय १६ जना मात्रै वाह्य पर्यटकले रारा भ्रमण गरेका छन् ।

त्यस्तै डोल्पाको शे-फोक्सुण्डोमा ताल हेर्न ८ सय ७२ जना पर्यटक मात्रै आएका छन् । त्यहाँ पुगेका मध्ये ४ सय ८९ जना आन्तरिक र ३ सय ८३ वाह्य पर्यटक पर्यटक रहेका छन् । त्यस्तै सुर्खेतको काँक्रेविहारमा ३६ हजार ९ सय १९ पर्यटक आएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार ३४ जना वाह्य र ३६ हजार ८ सय ८५ जना आन्तरिक पर्यटक काँक्रेविहार पुगेका छन् । सुर्खेतको अर्का पर्यटकीय स्थल बुलबुलेमा भने डेढलाख बढी पर्यटक आएका छन् । मन्त्रालयका अनुसार एक वर्षको अवधिमा १ लाख ६० हजार पर्यटक बुलबुले भित्रिएका छन् । जसमध्ये ८९ हजार ५ सय आन्तरिक ७० हजार ५ सय वाह्य पर्यटक हुन् ।

यस बाहेक अन्य पर्यटकीय स्थलहरुमा पुग्ने पर्यटकको तथ्याङ्याक भने प्रदेश सरकारसँग छैन । यतिसम्म की  संघिय सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेका २१ मध्ये १७ ठाउँमा रेकर्ड समेत प्रदेशले राख्न सकेको छैन । एक वर्ष पुग्ने लाग्दा मन्त्रालयले भने बल्ल तथ्याङ्क संकलन गर्न थालेको बताएको छ ।

मन्त्रालयका सूचना अधिकारी थापाका अनुसार आउँदो बैशाखसम्म सबै पर्यटकीय स्थलमा पुगेका पर्यटकहरुको तथ्याङ्क संकलन गर्ने काम भैरहेको छ । आधिकारिक तथ्याङ्क विनै अनुमागनको भरमा ५ लाख पर्यटक आएको तथ्याङ्क सार्वजनिक गर्ने तयारीमा मन्त्रालय जुटेको स्पष्ट हुन्छ ।

गत कार्तिक १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुगुको रारा ताल, सल्यानको कुपिन्डे दह, दैलेखको धार्मिक सम्पदाको क्षेत्र पञ्चकोशी ज्वाला क्षेत्र, जुम्लाको सिंजा सभ्यता, कालिकोटको पचाल झरणा, रारादेखि-से-फोक्सुण्डो, डोल्पाको त्रिपुरासुन्दरी पर्यटन क्षेत्र, हुम्लाको लिमी उपत्यका र जाजरकोट दरबारलाई एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको थियो ।

प्रदेश सरकारको २०७४ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकले कर्णालीमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर २०७५ लाई 'कर्णाली-रारा पर्यटन वर्षका मनाई रहेको छ । सोही अनुसार वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गरेको थिए । कार्यक्रममा पुगेका एक सय मध्ये ओलीसहित २४ जना विशिष्ट पाहुनाहरुलाई रहेका थिए ।

तर उद्घाटनमै अनियमितता गरेको आरोप प्रदेशले खेप्दै आएको छ । कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुको प्रचार-प्रसारको लागि भन्दै बैशाख १ गते उद्घाटन गरेको 'कर्णाली-रारा पर्यटन वर्ष-२०७५' लाखौं भ्रष्टाचार गरेको आरोप समेत सरकारले खेपिरहेको छ । लेखा समितिले ३७ लाखभन्दा बढी भ्रष्टाचार प्रतिवेदन सार्वजनिक गरेपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले छानविनका लागि सरकारसँग फाइल माग गरेको छ ।

उसो त प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गत जेठ २५ गते संसदमा ४९ लाख ४१ हजार ७९५ रुपैयाँ खर्च भएको विवरण पेश गरेका थिए । तर, सरकारले महालेखा परीक्षकलाई उद्घाटनमा नै दुई वटा प्रतिवेदन बुझाएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९७३ रुपैयाँ ७९ पैसा र ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको छुट्टाछुट्टै विवरण छ । यसैलाई आधार माथी अख्तियारले सरकारसँग खर्च विवरणको फाइल माग गरेको हो ।
 




प्रतिक्रिया