हावाहुरी पीडितलाई जाजरकाेटबाट सहयाेग

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/jajarkot_sahayog.jpg

सुर्खेत – बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि जाजरकोटबाट राहत सामग्री पठाइएको छ। नेपाल निजामती कर्मचारी संगठन जाजरकोट र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जाजरकोटको सहयोग तथा सहकार्यमा संकलन भएको २३ हजार बढी रुपैयाँ २ नम्बर प्रदेशमा पठाइएको छ।

संकलित २३ हजार ५ रुपैयाँ २ नम्वर प्रदेश मुख्यमन्त्री राहतकोषको खाता नम्बरमा जम्मा गरिएको निजामती कर्मचारी संगठन जाजरकोटका अध्यक्ष डम्बरबहादुर बिष्टले जानकारी दिए।

यस्तै बुधबार नै जाजरकोटका स्थानीय व्यापारीहरुले पनि बारा र पर्साका हावाहुरी पीडितलाई राहत सामग्री पठाएका छन्। व्यापारीहरुबाट संकलन गरिएको १ सय ९७ जोड जुत्ताचप्पल र १ सय ५३ थान लत्ताकपडा प्रभावित जिल्लामा पुर्‍याउन जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमारलाई हस्तान्तरण गरिएको छ।

सुर्खेतबाट पनि घाइतेहरुका लागि रगत संकलन गरेर प्रभावित क्षेत्रमा पठाइएको छ। मंगलबार संकलन गरिएको रगत जिल्ला रेडक्रस मार्फत प्रभावित क्षेत्रमा पठाइएको हो।




प्रतिक्रिया