ओपोको फाइभ जी स्मार्टफोनलाई सर्टिफिकेट

/assets/plugins/bower_components/fileman/Uploads/OPPO_5G.jpg

काठमाडौं- ओपोको पहिलो फाइभ जी स्मार्टफोनलाई फाइभ जी सर्टिफिकेट प्रदान गरेको छ। स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परिक्षणमा उत्तिर्ण भएको भन्दै सर्टिफिकेट प्रदान गरेको जनाइएको छ।

कम्पनीको अनुसार पहिलो फाइभ जी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरेको हो। एमडब्ल्यूसी २०१९ मा प्रदर्शित ओपोको फाइभ जी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन-डीसी कम्बिनेसन रहेको बताइएको छ।

फोनले विभिन्न देश तथा क्षेत्रमा लागू गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त ब्याण्ड विथ जस्ता एन७८ ब्याण्डका फाइदाहरु पनि प्रदान गर्ने छ। प्रमाणिकरणलाई यूरोपमा फाइभजी स्मार्टफोनको ब्यवसायीक लञ्चका लागि एक महत्वपूर्ण कदमको रुपमा हेरिएको कम्पनीको भनाइ छ।

कम्पनीको अनुसार ओपोको सीई प्रमाणिकरणले ओपोका फाइभजी उपकरण यूरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको छ। कम्पनीले उपभोक्तालाई फाइभजीसँग थप नजिक ल्याउनका लागि स्पोर्टन जस्ता बलिया साझेदारहरुसँग लगातार सहकार्यका लागि उत्साहित भएको बताएको छ।

फाइभजी प्रविधिको एक अधिवक्ता तथा अग्रगामीका रुपमा ओपोले कनेक्टिभिटीको आउने पुस्तालाई मानक अनुसन्धान, सफ्टवेयर तथा हार्डवेयर विकास, गहिरो उपभोक्ता अन्तरदृष्टि र औद्योगिक साझेदारहरुको नयाँ आयाम प्रस्तुत गरेको जनाइएको छ।
 
कम्पनीले आफ्ना केही अपरेटर पार्टनर्स तथा ब्यवसायिकरणका लागि  भरखरै आफ्नो ‘फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ। सन् २०१९को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो फाइभजी स्मार्टफोन समेत बजारमा ल्याउने ओपोको तयारी रहेको जनाइएको छ।




प्रतिक्रिया