नागरिकता विधेयकमा सहमति खाेज्‍न उपसमिति गठन

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/rajya_bewastha_susan.jpg

फाइल तस्बिर।

काठमाडाैं - नागरिकता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा सहमति जुटाउन ९ सदस्यीय उपसमिति गठन भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले अंगीकृत नागरिकता र लैंगिक समानताका विषयमा सांसदहरुबीच कुरा मिल्न नसकेपछि सहाति जुटाउन उपसमिति गठन गरिएको हो। यो उपसमितिले विभिन्न दलका शीर्ष नेतासँग छलफल गरी नमिलेका विषय टुंग्याउनेछ। उपसमितिको समयावधि दुई हप्ता तोकिएको छ।

उपसमितिमा नेकपाबाट विजय सुब्बा, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, लक्ष्मी चौधरी, कांग्रेसबाट देवेन्द्रराज कँडेल, मीना पाण्डे, संघीय समाजवादी फोरमबाट रामसहाय प्रसाद यादव, राजपाबाट राजकिशोर यादव, नेमकिपाबाट प्रेम सुवाल रहेका छन्। नागरिकतासम्बन्धी विधेयक हाल राज्य व्यवस्था समितिमा छलफलको क्रममा छ ।

विधेयकमा अंगीकृत नागरिकतामा नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुष र नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई दिइने नागरिकताका विषयमा विवाद रहेको छ। यसैगरी खारेजी भएको नागरिकता प्रचलनमा ल्याए कति सजाय गर्ने भन्ने विषयमा पनि विवाद छ । बैठकमा सांसदहरुले नागरिकतामा देखिएका विवाद सुल्झाउन उपसमिति गठन गर्न माग गरेका थिए।




प्रतिक्रिया