रानाथारुको ३८ दिने होली ओझेलमा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/Ranatharu.jpg

धनगढी– ३८ दिनसम्म लगातार होली पर्व मनाउने प्रचलन रानाथारु समुदायमा बिस्तारै हट्न थालेको छ। पुरानो पुस्ताको अन्त्यसँगै लामो समयसम्म होली मनाउने परम्परा पनि अन्त्य हुन थालेपछि समुदायका अगुवाहरु चिन्तिन बनेका छन्।  

रानाथारु समुदायले सबैभन्दा लामो चाडका रुपमा होली मनाउने प्रचलन छ। नयाँ पुस्ताको आगमनसँगै होली मनाउने समय पनि छोटो हुँदै गएपछि पुरानो पुस्तामा होली नै लोप हुने चिन्ता बढेको छ। यो जातीमा होरीपर्व माघ पूर्णिमाको दिन सुरु भई फागु पुर्णिमासम्म होलीका गीतहरु गाउँदै, नाच्दै मनाउने र फागु पुर्णिमाको दिन होली दहन गरी आठ दिनसम्म मान्यजनका घरमा होरीको गीत गाउँदै, नाच्दै दिउसो मनाउने चलन छ। 

सुदूरपश्चिम प्रदेश सभा सदस्य मालामती राना होली मनाउने पुरानो प्रचलनमा निकै कमि आएको बताउछिन्। ‘पुरानो पुस्ताले एक महिना आठ दिनसम्म नै होली मनाउने गर्दथे। अहिले भने निकै कम भैसकेको छ’, रानाले भनिन्’, ‘नयाँ पुस्ता पुराना मौलिक परम्परा  अंगाल्न खासै तयार छैनन्।’ पुराना पुस्ताको अन्त्यसंगै मौलिक लोक संस्कृति पनि लोप हुने चिन्ता उनमा छ। 

नयाँ पुस्ताले ग्रहण नगरेमा पुराना मौलिक संस्कृति लोप हुँदै जाने चिन्ता कंचनपुरका पदम रानालाई पनि छ। हाम्रो समुदायको पहिचान दिलाउने नै मौलिक लोक संस्कृतिक हुन, तिनै लोप हुँदै गएमा पहिचान नै गुम्ने चिन्ता उनमा छ। उनका अनुसार पहिलेको भन्दा अहिले होली लगायतका मौलिक संस्कृति मनाउने प्रचलनमा निकै कमि आएको छ।  

माघ पूर्णिमाको दिन जवान केटाहरु भल्मन्साको घरमा जम्मा हुन्छन्। तिनीहरु पुजाका सामग्री जसलाई भेट भनिन्छ। ती सबैका घरबाट उठाएर जम्मा गरेको हुन्छन्। ती सामग्री लिएर भल्मन्सासँग गाउँको दक्षिणपट्टी जहाँ होली राख्ने गरिन्छ। त्यस ठाउँमा गई भेट राखेर भल्मन्साले भर्राको मद्दतले पुजागरी होरीलाई आह्वान गरी राख्ने चलन छ। होरीराख्दा भेटका साथसाथै कन्डा (गुइठा), टिटरो (सुकेका मकैका, तोरीका डाँठ), दाउरा इत्यादी राखी थुपारेर पुजागर्ने चलन रहेको छ। 

पुजा सकेपछि त्यहीबाट होरीको गीत गाउँदै भल्मन्साको घरमा १–२ घण्टासम्म गीत गाउँदै नाचेर शुरुवात गर्ने चलन रहेको छ। यसरी हरेक दिन राती केटाकेटीहरु मान्यजनका घरमा गर्छ। पूर्णिमाको दिन बेलुकी होलीकाको दहन गर्ने प्रचलन छ। भोली पल्ट बिहान उठेर त्यहि खरानीको सबैले टीका लगाउने र होली खेल्न सुरु गरिन्छ। एक हप्ता सम्म दिउँसो होली खेल्ने र आठ दिन पछि होलीको बिसर्जन गर्ने परम्परा छ। अहिले भने गाउमा छिटपुट रुपमा होली खेले पनि पहिलेको जस्तो लामो परम्परा अंगाल्न छोडेका छन्। 

जानकारहरुका अनुसार राना समुदायले पनि हिरन्यकस्यपुले आफ्नो छोरा प्रल्हाद जो विष्णु भगवानका भक्त तिनलाई मार्नकानिम्ती आफ्नी बहिनी होलिका जसले अग्नीमा नजल्ने बरदान पाएकी थिइन्। तिनलाई प्रल्हादलाई आफ्नो काखमा राखेर जलाउने भनि आदेश दिएका थिए। प्रल्हादले पनि आफ्नो बुवाको कुरा नकाटी फुपु होलीकाको काखमा बसे। जब होलिकालाई आगो लगाइयो त्यस समय होलिका जलेर राख भइन् भने प्रल्हादलाई अग्निले केही पनि गर्न सकेनन्। त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होरीपर्व रानाहरुले मनाउने गर्दछन्।




प्रतिक्रिया