गोवाका मुख्यमन्‍त्री मनोहर पर्रिकरको निधन

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/manohar_gowa.jpg

नयाँदिल्ली- भारतको गोवा राज्यका मुख्यमन्‍त्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित मनोहरको आइतबार बेलुका ६३ वर्षको उमेरमा निधन भएको हो । 

भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिएका छन् । उनको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन् । 

भाजपाका नेता मनोहर भारतको रक्षामन्त्री पनि बनेका थिए । तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर उनी गोवाको मुख्यमन्त्री बन्न पुगेका थिए । उनी गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहदै आएका थिए । उनलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ। 




प्रतिक्रिया