साउदीका महिलाले सवारी चलाउन थाले

saudi_woman_driving.jpg

एजेन्सी- साउदी अरेबियामा अब महिलाले पनि निर्धक्कसंग सवारी चलाउन पाउने भएका छन् । 

आइतबार पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स पाएसंगै साउदीमा महिलाले सवारीसाधन चलाउन पाउने भएका हुन् । 

https://www.nicasiabank.com/
महिलालाई सवारी साधन चलाउन प्रतिबन्ध लगाउने विश्वको एकमात्र मुलुक साउदीले समाजिक सुधार अभियान अन्तर्गत त्यो प्रतिबन्ध हटाएको हो। अब २४ जुनदेखि साउदी अरबका सडकमा महिलाहरुले पनि गाडी चलाइरहेको देखिने छ । यसका लागि सर्वसाधारणहरुलाई पनि लाइसेन्स वितरण गरिँदै छ ।

हजारौँ महिला चालकहरू दशक लामो ड्राइभिङ प्रतिबन्ध हटेपछि यसलाई महिलामाथिको दमन अन्त्यको सुरुवात भएको भन्दै खुसी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

प्रतिक्रिया