काठमाडौं- गायिका कमला रेग्मीले 'तिमीलाई दामी देखिन्छ' बोलको गीति सामाग्री सार्वजनिक गरेकी छन्। प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत-संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले चर्चित गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन्।
यस गीतमा रविमानसिंह बस्नेतको शब्द तथा चर्चित गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ भने यो गीतको लागि ट्र्याक एरेञ्ज कमल सौरागले गरेका छन्।
गीतको भिडियोमा चलचित्र नायक आकाश श्रेष्ठ र पछिल्लो पुस्तामाझ लोकप्रिय रहेकी मोडल स्मारिका ढकालको रोमाञ्चक अभिनय र नृत्य रहेको छ। निकेश खड्काको निर्देशनमा राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोको छायाङ्कन बुद्ध थापाले गरेका छन् भने सम्पादन र कलर करेक्सन विकास धमलाले गरेका छन्।
भिडियोलाई रामजी खाँड अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ।