काठमाडौं- महामारीपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ। आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ। चाँडबाँडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीहरुलाई दसैं, तिहार र छठकोसमेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जानलागेको हो।
‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलमा नेपथ्यले प्रस्तुती गर्ने भएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन्।’
कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो सहरमा हालै सम्पन्न ६ महिना लामो ‘दुबई एक्स्पो’ का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुइ करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए।