काठमाडौं- गायक तथा संगीतकार भीषण मुकारुङ र उनकै छोरी अभियान्ता मुकारुङको स्वरमा 'ए छोरी, ए बाबा' बोलको गीत सार्वजनिक भएको छ।
यो गीत अभियान्ता मुकारुङको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बुले लेखेकी हुन्।
भीषण आफैंले संगीत गरेको गीतमा कुशल सिंहको एरेञ्ज रहेको छ। भीषणकी सात वर्षिया छोरी अभियान्ताले यसअघि कभर गीत रेकर्ड गराउँदै आएकी थिइन्।