आइतबार, असार १९, २०७९
गीतको कथा

तीन स्रष्टाको सहकार्यमा जन्मिएको एउटा गीत, जसले द्वन्द्वपीडितको दुःख बोल्छ

राज सरगम  |  काठमाडौं, मंगलबार, असार ७, २०७९

राज सरगम

राज सरगम

मंगलबार, असार ७, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– पचास र साठीको दशकतिर गाउँघरमा सुख र समृद्धि नभए पनि शान्ति थियो। समानता नभए पनि सद्भाव थियो। केही मन बेचैन भए पनि गाउँले समाज मिजासिलो थियो। तर ती मिजासिला गाउँले मनलाई बर्खाको भलले भित्ता कोपरेझैं कोपर्यो द्वन्द्वको बाछिटाले।

द्वन्द्वको बाछिटा विस्तारै मुसलधारे पानी भएर बर्सिन थालेपछि आफ्नै घरको पालीमा बस्न गाह्रो भयो। काममा जानु र साँझ काम सकेर घर फर्किनु पनि सकस भयो। कामको खोजीमा एक्लोदुक्लो हिँड्न त्रास भयो। गाउँघरमा मेलापात, घाँसदाउरा गर्न डर भयो। साँच्कै काल बनेर आएको द्वन्द्वले यातना दिन थाल्यो। 

अभिनेता तथा निर्देशक अनुप बरालले राजन कठायतले लेखेको चलचित्र ‘दोख’ को कथा सुनाइरहँदा यस्तै–यस्तै सोचेका थिए कवि श्रवण मुकारुङले। उनी भन्छन्, ‘दोखको शीर्ष गीतमा लोक सौन्दर्य चाहिन्थ्यो, जसमार्फत छोटोमा चलचित्रको महत्त्वपूर्ण कथा भन्नु  थियो।’

वनचरी उड्यो वनै रित्तै

सिकारी ज्यानलाई भोक लाग्यो  

माकुरी फन्दामा माहुरी 

यो गाउँलाई लैलै दोख लाग्यो। 

दोख नमीठो सपनाको बान्की हो। आक्षेप हो। अन्धविश्वास हो। गाउँघरमा दोख लाग्नु नराम्रो घटना घट्नु हो। अर्थात् बिमार बढ्नु हो। कवि मुकारुङका अनुसार दोष शब्द नै अपभ्रंश भएर दोख बन्यो, जसले बिमारसँग जोडिने ‘मेटाफर’ बुझाउँछ।  अर्थात्, रूपकको रूपमा पनि आएको शब्द हो।’

दोख द्वन्द्व भएर गाउँ पसेपछि माहुरीजस्ता जनताले दुःख पाउन थाले। मह निकाल्न फूलको रस लिएर खोज्न हिँडेका सिकारी माहुरीले ‘भोक’को भन्दा बढी ‘दोख’सँग सामना गर्नुपर्ने भयो। माहुरी सोझा हुन्छन्। आफ्नो कर्ममा निपुण छन्। तिनै मिहिनेती र सरल जीवन बाँचेका माहुरीलाई जालमा पारेर दुःख दिन माकुराले द्वन्द्वको जाल बिछ्यायो। माहुरीले मह बनाउन थापेको घारलाई भत्काइदिन थाल्यो। देशदेशावर डुलेर कमाएको फूलको रसले बनाएको मह खाइदिन थाल्यो। 

‘मौरीलाई हामी श्रम गर्ने प्रकृतिको रूपमा लिन्छौं। अरूलाई बिगार गर्दैन उसले। तर मह अरूले खाइदिन्छ। यतिसम्म कि ज्यान पनि खाइदिन्छन्। त्यसका बच्चा पनि खाइदिन्छन्’, गीत लेख्दाको क्षण सुनाए उनले।

जालको फन्दा जसका लागि बनाए पनि पहिला जालमा पर्ने सीधासोझा नै हुन्। पहिला दुःख पाउने जनताले नै हो।  

द्वन्द्वको बाछिटा विस्तारै मुसलधारे पानी भएर बर्सिन थालेपछि आफ्नै घरको पालीमा बस्न गाह्रो भयो। काममा जानु र साँझ काम सकेर घर फर्किनु पनि सकस भयो। कामको खोजीमा एक्लोदुक्लो हिँड्न त्रास भयो। गाउँघरमा मेलापात, घाँसदाउरा गर्न डर भयो। साँच्कै काल बनेर आएको द्वन्द्वले यातना दिन थाल्यो। 

मह निकाल्दा मौरीलाई उडाउने मात्र होइन, मौरीलाई मार्नुपर्ने अवस्थासम्म पनि आउँछ। दस वर्षे जनयुद्धमा यस्तै अवस्था थियो। उनी जोड्छन्, ‘दुस्मन लाग्नु अथवा रोग लाग्नु दोख लाग्नु पनि हो।’  

गाउँले किसान, श्रमिक गाउँलाई उज्यालो बनाइराख्ने वा देशलाई बचाइराख्नेहरू नै द्वन्द्वको चपेटामा परे। सत्ता पक्षबाट पनि अर्को पक्षबाट पनि जनता नै पीडित भए। कवि मुकारुङ भन्छन्, ‘पीडित हुने मानिसका पक्षबाट लेखिएको गीत हो, यो।’

अनेकौं परिवार छन्। अनेकन गाउँहरू छन्। जीवन बाँच्ने आफ्नै मौलिकताभित्र पनि विविधता छ। अनेकन सांस्कृतिक स्वरूप छन्। ती सबैलाई गीतमा भन्न प्रतीकात्मक शब्द प्रयोग गरेको मुकारुङ बताउँछन्। 

यै साल यस्तो खडेरी 

यो साल यस्तो अनिकाल 

कसुरी बाँचू बरिलै 

यै साल गाउँमा पल्क्यो काल 

गाउँघरमा अभाव त्यतिखेर हुन्छ, जब समयमा पानी पर्दैन। समयमा बिउ राख्न पाइँदैन। समयमा पोकेको अन्नपात भित्र्याउन पाइँदैन। कर्म गर्ने किसानहरू जब आफूले रोपेको खेती स्याहार्न पाउँदैनन्, अनि चिन्ता गर्छन्– यसपालि भोकै मरिने भयो।

गाउँमा द्वन्द्व भित्रिएसँगै अनिकालमा बिउ जोगाउनु हुलमुलमा जिउ जोगाउनुजस्ता उखान हुरी चलेझैं चल्यो। कवि मुकारुङ गाउँबाट गाउँलेहरू पलायन हुनुुपरेको कारण काल पल्किएपछि ठान्छन्। काल द्वन्द्व बनेको थियो। 

‘काल भनेको द्वन्द्व हो। जसका कारण मान्छेहरू पटक–पटक मर्नु र मारिनुपर्‍यो’, यै साल गाउँमा पल्क्यो काल, गीतको हरफ जोड्दै मुकारुङले भने।

भकारी रित्तो, मन तीतो 

धान, कोदो, मकै बिउ छैन 

नबोले गालै पर्ला कि

बालेमा लैलै जिउ छैन।

द्वन्द्वको असर बढ्दै गएसँगै गाउँघर रित्तिन थाले। खेतीकिसान गरेर खानेहरू अन्न उब्जाउनुभन्दा पनि ज्यान जोगाउनतिर लाग्नुपर्‍यो। उब्जनी गर्ने पौरखी पलायन हुन थालेपछि खेतबारी बाँझै हुन थाले। बिउ राखेको धान, कोदो, मकैजस्ता अन्न पनि सकिए। रातबिरात आउने अपरिचित अनुहार, दिनभरि डुल्ने राज्यका अनुहारले कुण्ठित गर्न थाल्यो। बन्दुकको नाल देखाएर सोधेका कुरा नभने कि गाल पथ्र्यो कि ज्यानै जान्थ्यो।


बोले पनि नबोले पनि मर्न जनताले नै पर्यो। लडे पनि नलडे पनि मर्ने जनता नै भयो। ‘वाक स्वतन्त्रता’ खोसेर क्रान्ति गर्न हिँडेको सशस्त्र द्वन्द्वले जनता टुहुरा भए, विधवा भए, घरबारविहीन भए। गाउँ र बस्तीलाई जगाउन हिँडेको द्वन्द्वले गाउँ नै रित्तो बनायो। आफ्नै लागि बोल्न डराउने दिन आएको थियो। 

‘नबोल्दा पनि अन्याय नै भइरहेको हुन्छ। बोले पनि गाल पर्थ्यो। सत्य कुरा नबोले पनि गाल पर्छ। अथवा आफैंलाई पछुतो हुने दिन थिए’, उनले द्वन्द्वका दिनहरू सम्झिए। 

उनी द्वन्द्वको ‘क्लाइमेक्स’ ‘वाक स्वतन्त्रता’ सँग जोड्छन्, ‘वाक स्वतन्त्रता हनन भएको समय थियो त्यो। पिसाब गर्न जान्छु भन्न पनि कानेखुसी गर्नुपर्थ्यो।’ 

अनेक आरोप र लान्छना लगाएर यातना दिइन्थ्यो जनतालाई। लुटपात सहनुपथ्र्यो जनताले। असाध्यै डरलाग्दो समय थियो। गीतको केही लाइनमार्फत दोखका कथालाई मात्रै न्याय गरेर पुग्थेन, आमदर्शक, श्रोतालाई बुझाउनु पनि थियो। 

द्वन्द्वको घाउ, मानिसका नुनिला आँसु, गाउँलेका दुःख, यातना र वाक स्वतन्त्रता बुझाउन कवि मुकारुङ सरल शब्दमा पोखिए। मौलिक गीतमा पोतिए। मुकारुङ भन्छन्, ‘यी शब्द जति सरल छन्, संगीत पनि मौलिक छ।’

भोजपुरमा जन्मिएका कवि मुकारुङले आफ्नै गाउँघरको रैथाने शब्दलाई धागोमा फूल उनेझैं गीतमा शब्द उने। लोकभाकामा गीत लेख्न साह्रै कठिन हुने बताउने मुकारुङ भन्छन्, ‘यो गीत कोर्दा पूर्वी पहाडको जनजीवनमा बोलिने शब्द मात्रै आएर हुन्थेन। यसमा श्रवण मुकारुङ पनि देखिनुपर्ने थियो र लोकलय पनि देखिनुपर्ने थियो।’ 

माटोको कविता र गीत लेख्न पोख्त छन्, कवि मुकारुङ। चलचित्र दोखको छायांकन भोजमा गरिने र कथा पनि पूर्वी पहाडका भएकाले आफूलाई गीत कोर्न केही सहज भएको बताउँछन्। आफू बाँचेको समाजको कथा गीतले भनेका हुन्। लोकजीवनको गन्ध र मौलिक पहिचान  सँगै ल्याउनु थियो र त आफ्नै लागि गीत लेखे।  

दर्जन हिट गीत लेखेका कवि मुकारुङ जति कवितामा स्थापित छन्, त्यति गीतमा पनि छन्। ‘बिसे नगर्चीको बयान’जस्तो कवितामा मात्रै बाँचेका छैनन्, मुकारुङ। गीतबाट पनि उनले भूइँमान्छे र पीडितका कथा लेख्न र सुनाउन सकेका छन्। 

अनेक आरोप र लान्छना लगाएर यातना दिइन्थ्यो जनतालाई। लुटपात सहनुपथ्र्यो जनताले। असाध्यै डरलाग्दो समय थियो। गीतको केही लाइनमार्फत दोखका कथालाई मात्रै न्याय गरेर पुग्थेन, आमदर्शक, श्रोतालाई बुझाउनु पनि थियो। 

वन चरी उड्यो वनै रित्तै गीतलाई नेपथ्यका अमृत गुरुङले गाइदिएर थप ओजिलो बनाइदिएका छन्। साँच्चै गुरुङले गाउने त लोकगीत हो तर गिटारमा गाउँछन्। पश्चिमा सुगन्ध सिर्जना गर्छन्, गुरुङ। गिटार राख्ने, ड्रम सेट बजाउने, माइक अगाडि राख्ने। दर्शकलाई नचाउने। लोक फ्युजन शैलीमा गाएर अमृत दर्शकलाई मुग्ध बनाउँछन्। विश्वमा छरिएका नेपालीमाझ लोकलयका गीत गाएर नेपाल चिनाएका अमृत ‘वेस्टर्न सिंगर’झैं प्रस्तुत हुन्छन् र पनि गाउँछन् माटोको गीत।

देशको कुनाकन्दरामा छुटेका शब्दलाई गीतका हरफमा गुनगुनाएर लोकभाका बचाउन खोजेका गायक हुन्, गुरुङ। दोखको शीर्ष गीतको मेलोडी लोकलय नै हो तर गायक अमृतले गिटारको बेसमा गाइदिएको बताउँछन्, मुकारुङ। उनी भन्छन्, ‘अमृत गुरुङको आफ्नै ‘जनरा’ छ। उनी लोकलाई गिटारमा पनि मिठो गाइदिन्छन्। ‘रक स्टायल’ मा गाउँछन् गुरुङ।’

यो गीतलाई नेपथ्य फ्लेभरको लोक–रक शैलीमा संगीत गरिदिएका हुन् आभासले। त्यसो हुँदा पनि चलचित्र दोखको चर्चा थप चुलिएको नर्कान सकिँदैन। 

नेपाली गीत–संगीतमा वैचारिक बहस गर्न सक्ने आभास र कवि मुकारुङले थुप्रै गीतमा सहकार्य गरेका छन्। चलचित्र दोखका लागि तीन गीत लेखेका कवि मुकारुङका दुई गीतलाई आभासले नै संगीतबद्ध गरेका छन्। 

पूर्वेली लयलाई संगीतकार आभासले थप मिठो बनाएको बताउँछन्, मुकारुङ। उनी भन्छन्, ‘जस्तै काल पर्खिनु भनेको पटक–पटक मर्नु हो। गाउँको बोली हो, यो। सिकारी ज्यान पनि गाउँकै बोली हो, जुन पूर्वेली लय छ। आभास र अमृत  जीको प्याटर्नले पनि दोखमा लेखेका गीत मिठा भएका हुन्।’ 

मुकारुङ खुलेर आभासलाई जोड्छन्, ‘आभास भनेको संगीतकार मात्रै नभएर संगीतमा विचार र सिद्धान्तसँगै दर्शनलाई बुझ्दछन्। प्राग्ज्ञिक हुन् उनी। सबैभन्दा धेरै मेरो गीतमा संगीत गर्नु भा’छ। मलाई मन नपर्ने कुरै हुँदैन। यो त्रिकोणात्मक सहकार्य एकअर्काप्रति विश्वास गर्ने भएकाले पनि गीत मिठा हुन्छन्।’ 

यो गीतलाई नेपथ्य फ्लेभरको लोक–रक शैलीमा संगीत गरिदिएका हुन् आभासले। त्यसो हुँदा पनि चलचित्र दोखको चर्चा थप चुलिएको नर्कान सकिँदैन। 

सिनेमामा संगीत गर्दा गीतकार, गायक र संगीतकारले भनेजस्तो स्वतन्त्रता पाउँदैनन् किनकि चलचित्रको कथाको आधारमा काम गर्नुपर्ने हुन्छ। मुकारुङ सुनिन्छन्, चलचित्रको पहिलो आग्रह कथाअनुसार गीत–संगीत बन्नुपर्छ भन्ने हुन्छ।

दोखमा एक सामूहिक गीत छ, जुन सार्वजनिक भएको छैन। जसको शब्दका बारे बोल्न अनकनाए मुकारुङ। उनका अनुसार तेस्रो गीत पाश्र्वमा बज्ने हो, जसले कथा वाचनमा सघाउँछ।

मुकारुङकै शब्द रहेको एक गीतमा संगीतकार झुमा लिम्बूको कम्पोज तथा स्वर रहेको छ। रैथाने संगीतको अभियान हाँकेकी झुमाको आफ्नै गायनशैली स्थापित छ। उनी आफ्ना गीतमा मौलिकता छुटाउँदिनन्। गाउँघर छुटाउँदिनन्। झुमा पनि ‘लोक ब्रान्ड’ हुन्। झुमाले संगीतबद्ध गरेको मेलोडीलाई मुकारुङ भन्छन्, ‘दुवै गीतमा राईहरूको लय टिपिएको छ। राई समुदायको परम्परागत संगीतलाई जोडेको छ। झुमाले संगीत गरेको गीत ‘हियारी भाका’ हो, जुन राई समुदायको विवाह संस्कृतिमा गाइने गरिन्छ। त्यसैगरी आभासले संगीत गरेको सामुहिक गीतचाहिँ ‘हाँक्पारे भाका’सँग मिल्छ। किराँत समुदायमा यसलाई गोठाले गीत पनि भनिन्छ। गायक अमृतले गाएको वन चरी उड्यो पनि पूर्वेली लयबाटै आएको हो।’ 

दोखको गीतमा पूर्वेली लयसँगै मौलिक कलाको सौन्दर्य र साहित्यिक सौन्दर्यलाई पालना गरेको बताउने मुकारुङ ‘आफ्नो भाका त बिर्सिनुभएन’, भन्छन्। 

यस गीतको अर्को विशेषता ‘लाइभ रेकर्ड’ गरेको बताउँछन् उनी। भन्छन्, ‘वन चरीलाई हामीले वान टेक रेकर्ड गरेको हो। स्टुडियोमा बारम्बार टेक लिएर रेकर्ड गरेको होइन, लाइभ बाजा राखेर लाइभ गाएरै रेकर्ड गरेको हो।’

तीन स्रष्टाको सहकार्यले जन्मिएको दोखको गीत, जसले द्वन्द्वको कथा मात्रै भन्दैन, पूर्वी पहाडको मौलिकता र पहिचानलाई पनि मुखरित गरेको छ। 

कुनै दिन अनुपको चलचित्रमा आफूले गीत गाउने धोको सुनाएका अमृतले दोखका गीत गाएर मन मात्रै राखिदिएका छैनन्, चलचित्रको ओज पनि बढाइदिएका छन्। निर्देशक अनुप बराल गम्भीर कलाकार मात्रै होइनन्, निर्देशनमा पनि गम्भीर छन्। त्यसैले दर्शकले अधिक अपेक्षा राखेको चलचित्र हो, दोख। त्यसैले त कवि मुकारुङ, संगीतकार आभास र गायक अमृत गुरुङको सहकार्यले दर्शकमा थप अपेक्षा बढेको नकार्न सकिन्न। 


प्रकाशित: June 21, 2022 | 08:15:23 काठमाडौं, मंगलबार, असार ७, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।

रवि लामिछानेको दलले सार्वजनिक गर्‍यो १९ केन्द्रीय सदस्यको नाम [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ। रवि लामिछाने सभापति रहेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले १९ केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री वलीले राजीनामा दिएको सूचना प्रवाह गरिएको हो। वलीलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नुको सट्टा आफैँ राजीनामा दिएको सन्देश दिन मुख्यमन्त्री केसीले वलीलाई सुझाएका हुन्।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुँक्कघुँक्क रुन्छिन्।

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

थप समाचार

नेपाल समय
संगीत

ग्रामीमा नेपाली संगीत चिनाउने अवसर गायक बिपुल क्षेत्रीलाई

रेकर्डिङ एकेडेमीले नेपाली भाषी गायक क्षेत्रीसहित दुई हजारभन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ।
नेपाल समय
संगीत

गायक मुकारुङले छोरीसँग गाए 'ए छोरी, ए बाबा' [भिडियोसहित]

यो गीत अभियान्ता मुकारुङको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बुले लेखेकी हुन्। ‍
नेपाल समय
संगीत

'सान्‍नानी'बाट युट्युब ट्रेन्डिङमा आएकी लोकगायिका सरिता

गामठामका सीधासोझा युवतीलाई मायाजालमा फसाएर आफ्नो स्वार्थ पूरा गर्ने तन्नेरीहरूको हर्कतलाई सान्नानी गीतको भिडियोले पर्दामा उतारेको छ।
नेपाल समय
संगीत

कन्दरा ब्यान्डको व्यवस्थापन ‘नेपग्याज्म लाइभ इभेन्ट’ले गर्ने

पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई)बीच व्यवयसायिक सम्झौता भएको छ। २०७९ असार ७ गते दुई पक्षबीच सम्झौता भएको विज्ञप्तिमार्फत जनाइएको हो।
नेपाल समय
संगीत

तीन स्रष्टाको सहकार्यमा जन्मिएको एउटा गीत, जसले द्वन्द्वपीडितको दुःख बोल्छ

‘वाक् स्वतन्त्रता’ खोसेर क्रान्ति गर्न हिँडेको सशस्त्र द्वन्द्वले जनता टुहुरा भए, विधवा भए, घरबारविहीन भए। गाउँ र बस्तीलाई जगाउन हिँडेको द्वन्द्वले गाउँ नै रित्तो बनायो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना