काठमाडौं– सारेगमप लिटल च्याम्प विजेता कृपा पौडेल र फस्ट रनरअप रोशा फुयाँलको स्वरमा रहेको गीत सार्वजनिक भएको छ।
‘फोन आउला कि’ बोलको गीत गत शुक्रबार सार्वजनिक भएको हो। दुवैले पहिलो पटक संयुक्त रुपमा गीत निकालेका हुन्। गीतको शब्द तथा संगीत अग्नि पराजुलीको रहेको छ भने एरेन्ज विश्व अधिकारीले गरेका हुन्।
आकाश गौतमले मिक्सिङ गरेको गीत ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो। आफूले माया गरेको मान्छे आफूभन्दा टाढा हुँदा उसको फोनको प्रतीक्षामा बसेकी मायालुले गीतमार्फत आफ्नो भाव पोखेकी छिन्।