बिहीबार, जेठ १२, २०७९

गायिका समीक्षा भन्छिन्- समय आउँदैछ, यथार्थ खुलाउनेछु

नेपाल समय  |  काठमाडौं, बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- गायिका समीक्षा अधिकारीले पल शाहसँग भएको प्रेम सम्बन्ध नकारेको स्टाटस कोट गर्दै चाँडै यथार्थ खुलाउने बताएकी छन्। बिहीबार फेसबुकमा पुरानो स्टाटसलाई कोट गर्दै उनले लेखेकी छन्, 'अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।'

पछिल्ला केही दिनयता फेसबुक स्टाटसमा गायिका अधिकारीले पलसँग सम्बन्धमा रहिरहेको अनुमान गर्न सकिने संकेत गर्दै आएकी थिइन्। तीन दिनअघि उनले नारीलाई कमजोर नठान्न आग्रह गर्दै स्टाटस पोस्ट गरेकी थिइन्। 

‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिएँ,' बिहीबार पोस्ट भएको समीक्षाको स्टाटसमा लेखिएको छ, 'अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’ 

केही महिनायता समीक्षाको नाम पलसँग जोडिँदै आएको छ। पलले आफूलाई अभिभावकका रूपमा माया गर्ने समीक्षाको पुरानो स्टाटसको दाबी थियो। तर त्यसलाई नै कोट गर्दै उनले यथार्थ खुलाउने भनेपछि कलाबजारमा यसले फेरि चर्चा लिन थालेको छ। 

यसअघि जनवरी १७ मा पनि उनले पोस्ट गरेको स्टाटसमा पल शब्द अटाएको छ। यसका साथै सोही स्टाटसमा 'विस्तारै खुल्छ मुकुन्डो' समेत उनले उल्लेख गरेकी थिइन्। 


प्रकाशित: January 20, 2022 | 18:55:50 काठमाडौं, बिहीबार, माघ ६, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
संगीत

नेपाली गायक सुमन शेखरको उर्दू गजल टी-सिरिजबाट सार्वजनिक

टी-सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो।
नेपाल समय
संगीत

वसन्त चौधरीलगायत स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन्।
नेपाल समय
संगीत

दीक्षा अन द रक– जो रेष्टुराँ र क्लबहरुमा जादू गर्छिन्

काठमाडौँ र ललितपुरमा दीक्षाले लाइभ कन्सर्ट नगरेका ठूला रेष्टुराँ, लाउन्ज वा क्लब सायदै भेटिएलान्।
नेपाल समय
संगीत

सगरमाथामा कन्सर्ट गर्ने पहिलो नेपाली बने राजु लामा

सिन्धुपाल्चोकमा जन्मे–हुर्केका राजु लामाले काठमाडौंदेखि नजिकका डाँडाकाँडा धेरैपटक छिचोलिसकेका छन्।
नेपाल समय
संगीत

‘पिंगाइ माया’मा तामाङ समुदायभित्र हुने भुइँमान्छेको अर्ग्यानिक प्रेमकथा [भिडियोसहित]

मातृ भाषाका गीत बन्ने क्रम अहिले बाक्लै छ। यस्तैमा गायिका निर्मला घिसिङले ‘पिंगाइ माया’ बोलको तामाङ भाषाको गीत ल्याएकी छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना