सोमबार, माघ ३, २०७८
  • गृहपृष्ठ
  • संगीत
  • जहाज दुर्घटनामा गायिका 'पीडाकी रानी'को मृत्यु, नेयमारले भने- विश्वास लाग्दै-लाग्दैन

जहाज दुर्घटनामा गायिका 'पीडाकी रानी'को मृत्यु, नेयमारले भने- विश्वास लाग्दै-लाग्दैन

नेपाल समय  |  काठमाडौं, शनिबार, कार्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कार्तिक २०, २०७८, काठमाडौं

नेपाल समय
ब्राजिलकी लोकप्रिय गायिका म्यारिलिया मेन्डोन्का।

रियो दि जेनेरियो (ब्राजिल)- ब्राजिलकी लोकप्रिय गायिका म्यारिलिया मेन्डोन्काको जहाज दुर्घटनामा परी मृत्यु भएको छ। २६ वर्षीया गायिका मेन्डोन्कासँगै उनका काका, निर्माता र चालकदलका दुई जना सदस्यको समेत मृत्यु भएको बीबीसीले समाचार प्रकाशन गरेको छ। जहाज ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गराइसमा शुक्रबार दुर्घटनामा परेको थियो। घटनाबारे अध्ययन सुरु गरिएको छ। 

सन् २०१९ मा ल्याटिन ग्यामी अवार्ड जितेकी गायिका मेन्डोन्का महिलाहरूका विफल सम्बन्धका अनुभुतिमा केन्द्रित भएकाले लोकप्रिय हुन सफल भएको बताइने गरेको छ। असफल सम्बन्ध र पीडाका भावना गीतमार्फत् प्रस्तुत गरेको भन्दै उनलाई 'पीडाकी रानी'को उपनामले चिन्ने गरिन्थ्यो।

किशोर वयमा नै गायनमा करिअर बनाउन सुरु गरेकी मेन्डोन्काको लोकप्रियता सन् २०१६ देखि चुलिन थालेको थियो। गत वर्ष कोरोना संक्रमणका कारण उनका कन्सर्टका कार्यक्रम रद्द हुँदा अनलाइनबाटै दर्शकहरूलाई मनोरञ्जन दिलाएकी थिइन्। उनको उक्त अनलाइन कन्सर्टको ३३ लाख मानिसले एकैपटक युट्युब लाइभ हेरेका थिए। लाइभ कार्यक्रमका दर्शकको यो संख्या सर्वाधिक भएको बताइने गरेको छ। 

मेन्डोन्काका दुई वर्षीय छोरा छन्। शुकरबार साँझ ब्राजिलकै काराटिन्गा सहरमा उनको कन्सर्ट कार्यक्रम तय भएको थियो। यो जहाज दुर्घटना भएको स्थानबाट १२ किलोमिटर टाढा हो। जहाज दुर्घटनामा पर्नुभन्दा केही समयपहिले मात्र उनले ट्विटरमा हवाई यात्रा गरिरहेको भिडियो पोस्ट गरेकी थिइन्।

 मेन्डोन्काको मृत्य भएको खबर सार्वजनिक भएपछि ब्राजिली फुटबल स्टार नेयमारले आफूले यो समाचार विश्वास गर्न अस्वीकार गर्ने बताएका छन्। 'यो कुरा विश्वास गर्न म अस्वीकार गर्छु। अस्वीकार गर्छु,' पोर्चुगिज भाषामा नेयमारले लेखेको ट्विटमा भनिएको छ।

गायिका अनिताले पनि आफूलाई विश्वास नलागेको बताएकी छन्। 'म यो कुरा विश्वास गर्न सक्दिनँ। मलाई अझै आशा छ,' उनले भनिन्। 



प्रकाशित: November 6, 2021 | 20:40:20 काठमाडौं, शनिबार, कार्तिक २०, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शनिबार, कार्तिक २०, २०७८

थप समाचार

शान भुसालको 'नशा' सार्वजनिक

युवा गायक तथा संगीतकार शान भुसालको 'नशा' बोलको गीत सार्वजनिक भएको छ।

नेपाल आइडल सिजन ४ को भोटिङ सेलपे र श्रृष्टि एपबाट

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि, नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ।

नेपाल सांगीतिक संघमा नयाँ कार्यसमिति

नेपाल सांगीतिक संघको २२ औं साधारणसभाबाट मिलन मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

दरबारमार्ग तताउन बलिउड गायिका आसीस कौर नेपालमा

बलिउडकी चर्चित गायिका आसीस कौर नेपाल आएकी छन्।

'आकासे खेती'को पहिलो गीत 'चिटिक्कै परेर आइछेउ'

केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो।

सानदार जीवनको परिकल्पनाले जन्मिएको राजनको 'चरा'

चराहरु स्वतन्त्र छन्, बिन्दास छन्। हिँडिरहने मानिसको स्वभाव घरमा खुम्चिनुपर्दाको पीडा कति दर्दनाक! चराजस्तै उड्न पाए जीवन कति सानदार हुन्थ्यो होला!’

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C