मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • संगीत
  • म्युजिक भिडियोको बौद्धिक सम्पत्ति संरक्षणका लागि पहल सुरु

म्युजिक भिडियोको बौद्धिक सम्पत्ति संरक्षणका लागि पहल सुरु

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– नेपाल म्युजिक भिडियो निर्देशक समाजले म्युजिक भिडियोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल गर्ने भएको छ। प्रतिलिपि अधिकारको सुरक्षाका लागि कार्यविधि बनाएर सम्बन्धित पक्षहरुसँग सहकार्य गरी अघि बढ्ने गरि निर्णय भएको समाजका महासचिव सुव्रत राज आचार्यले बताए। 

‘विश्वभर सार्वजनिक स्थानहरु जस्तै– क्याफे, रेष्टुराँ, बार तथा क्लबहरु, सार्वजनिक यातायात, एयरपोर्ट, बसपार्क, सार्वजनिक कन्सर्ट–कार्यक्रमहरु, हवाईजहाज लगायतमा नेपाली म्युजिक भिडियो देखाइन्छ। तर, त्यसबापत सर्जकहरुले प्राप्त गर्नुपर्ने बौद्धिक सम्पत्ति अन्तर्गतको अधिकार पाइरहेको अवस्था छैन। यसका लागि अब हामी पहल गर्छौं,’ उनले भने।

त्यस्तै, समाजले म्युजिक भिडियोलाई राज्य मातहत ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ। ‘म्युजिक भिडियोलाई पनि चलचित्र निर्माणको एक पाटोमा राख्नुपर्ने आवश्यकता छ। यसका लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्ने निर्णय पनि गरेका हौं,’ समाजका अध्यक्ष विधान कार्कीले भने।



प्रकाशित: September 17, 2021 | 11:42:48 काठमाडौं, शुक्रबार, असोज १, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शुक्रबार, असोज १, २०७८

थप समाचार

यी हुन् दसैंका सदाबहार गीत

दसैं पुरानो चाड हो। त्यसैले यसको सम्बन्ध संस्कृतिसँग मात्र होइन, समग्र जीवन पद्धतिसँग जोडिएको छ।

दसैंमा गुञ्जने मालश्री

नेपाली संगीत क्षेत्रमा महिनैपिच्छे जसोका गीत छन्। त्यसैमध्ये मालश्री पनि एउटा हो। यो धुन दसैंका बेला देशभरजसो गुञ्जिन्छ। त्यसैले मालश्रीको सम्बन्ध शरद ऋतुसँग छ।

अभिनेता सरोज खनालले निर्देशन गरेको गीत सार्वजनिक [भिडियोसहित]

अभिनेता सरोज खनालको निर्देशनमा ‘विरोध छैन’ बोलको गीत सार्वजनिक भएको छ।

६ वर्षसम्म दसैँको टीका सम्झेका सन्तोषले ल्याए 'साउदी कतार' [भिडियो]

'विदेसिएका युवालाई घरमा भएका आफन्तले गर्ने आग्रह गीतमा समावेश गर्न खोजिएको छ। पारिवारिक वार्तालाई माध्यम बनाइएको छ,' गीतकार सुवेदीले भने, 'यो गीतको कथा भोग्ने नेपालीको संख्या धेरै छ। उनीहरूले गीतलाई 'एसिमिलेट' गर्ने विश्वास लिएको छु।'

यसरी 'माया' बोलाउँदैछन् गायक कृष्ण समिप

कृष्ण समिप सुवेदी र अन्नु चौधरी ‘ओ माया बोलन’ गीत लिएर आएका छन्।

विष्णु माझीको स्वरमा 'दसैंतिहार आइसक्यो, झल्को लाइसक्यो' [भिडियोसहित]

यसपालिको तीजमा ‘चरी जेलैमा’ बोलको गीत गाएर चर्चामा आएकी गायिका विष्णु माझीको दसैंतिहार लक्षित गीत सार्वजनिक भएको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C