बिहीबार, असोज २०, २०७९

गीतारको ‘बेसलाइन’मा बगेको अर्थपूर्ण गीत

राज सरगम  |  काठमाडौं, बिहीबार, साउन २१, २०७८

राज सरगम

राज सरगम

बिहीबार, साउन २१, २०७८, काठमाडौं

नेपाल समय

२८ जुन। संगीतकर्मी लोचन रिजाल हातमा गितार बोकेर युट्युब च्यानलमा देखिए। देखिएको दृश्यमा उनी माइक अघि बसेर गीतारका तार सुम्सुमाइरहँदा मात्र थाहा लाग्छ कि, यो कुनै तामझामपूर्ण गीत होइन। भव्य अर्केस्ट्रा र संगीतको पुञ्जीय ‘एरेन्जमेन्ट’ यसमा छैन। 

तर जब कसैले पूरै गीत सुनिसक्छ उसको मथिंगल हल्लन्छ। गीतका शब्द–शब्दले एकएक गर्दै स्रोताको दिमागी तलाउमा ससना ढुंगारुपी अर्थ फ्याँकिरहन्छन्। र, मनमा एक प्रकारको नवीनतम र अर्थपूर्ण तरंग फैलिन्छ। ‘स्वतन्त्रताको चित्र’ नाम दिएको यो गीतले सामान्य तरिकाले पनि गम्भीर संगीत सिर्जनाको एउटा उदाहरण पेस गर्छ।

त्यसो त लोचन यस्तै प्रयोगधर्मी संगीतका लागि परिचित नाम हो। उनी संगीत र बाजाका अध्येता पनि हुन्। उनका लागि बाजाहरू प्रिय छन्। तर यो गीतमा उनले धेरै बाजाहरू प्रयोग गरेका छैनन्। मात्र एउटा गीतारको ‘बेस लाइन’मा बगेका छन्। र, गाएका छन्, ‘कहिलेकाहीँ स्वतन्त्रताका चित्रहरु कोरौं लाग्छ मलाई, निराशाका सबै पर्खालहरू तोडौं लाग्छ मलाई।’ 

‘कुनै खास र विशेष अवस्थामा मात्र जन्मेको गीत होइन यो,' गीतको रचनाधर्मिताबारे हामीले सोधेको प्रश्नमा लोचनले सुनाए, ‘केही पंक्तिहरू भने एउटा निश्चित परिस्थिति र सन्दर्भमा कोरिएका हुन्।’

उनी कुनै बेला त्रिपुरेश्वर महादेव मन्दिर हरेकदिन जसो पुग्थे। मन्दिरको भौतिक निर्माणमा जुटेका मजदुरको कामको लयलाई निहाल्थे। मुर्तिकारले काम गरिरहेको हेर्थे। उनीहरूका कुरा सुन्थे। मन्दिरका टुँडाल र मूर्तिमा भेटिने भावसँग आत्मिक अन्तर्क्रिया गर्थे। निर्माणधीन मन्दिरमा काम गर्ने कामदारलाई हेरिरहँदा एक दिन अनायसै फुर्‍यो; यो मन्दिरको देवचरणमा समर्पित भई, कयौं लडें म त, कयौं लडें। 

नेपाल समय

श्रमिकले जीवनभरि भारी बोक्नुछ, सहनु छ, र आफ्ना आफन्तको संगतमा बिताएका तितामिठा अनुभवलाई मनभरि बोकेर निरन्तर यात्रामा निस्किनु छ। रिजाल भन्छन्, ‘बिहान भेटिएर बेलुका फर्किने ती कामदारले दिएका वाक्य हुन् यी जसलाई मैले कुनै मुडमा गुनगुनाएँ।’

लोचनले अर्को किस्सा पनि सुनाए। 

गीतमा एउटा पंक्ति छ, 'भित्ताभरिका तस्विरका कथा सुनिरहूँ लाग्छ मलाई, कुहिरो छेड्ने सूर्यका किरण धमिलो किन लाग्छ मलाई'। ‘यसमा आएको भित्ताभरिका तस्विरहरुको प्रसङ्गमा स्वर्गीय गायिका मेलवादेवीको तस्बिर हेर्दै शब्द फुराएको स्मरण छ ममा’, गीत सिर्जनाको अनुभूति सुनाउँदै उनी भन्छन्, ‘त्यसो त मेरो कर्मस्थान र बासस्थान धुलिखेलबाट काठमाडौं आउजाउ गर्दा देखिएका/भेटिएका कयौँ सजीव/निर्जीव चित्रहरूको प्रभाव पनि यसमा परेको छ।’ 

हुन त रचनाकर्मको कुनै नियम र विधान हुँदैन। कहिलेकाहीँ कुनै चिज खास लाग्छ र कहिलेकाहीँ लाग्दैन। त्यसैले लोचन गीत रचना र यसको प्रक्रियालाई निजी अनुभवको कमाल ठान्दैनन्, बरु सिंगो नेपाली समाजको अनुभवको अनुमोदन ठान्छन्। भन्छन्, ‘खास यो नै हो भन्नु भन्दा पनि गीत-सँगीत मेकिङ भनेको एउटा प्रक्रिया हो।’  

समानान्तर रुपमा कम्पोज र शब्दहरूको जन्मानुक्रम तय गरेको अनुभव सुनाउने लोचनको यो गीत पूरै सुन्दा स्रोताले अधिक ठाउँमा संघर्ष र त्यसले उत्पन्न गर्ने मनस्थितिको भाव भेट्टाउँछ। गजब के छ भने, लोचनले एउटा यस्तो खास मनिस्थितिलाई प्रकृति र मानवजन्य व्यवहारका आयामसँग जोडेका छन्। जीवनयात्रामा भोगिरहिएको लडाईंमा उनलाई लाग्छ, ‘कहिलेकाहीँ अदृष्य भई त्यो तलाउमुनि ढुंगासँग नाता गाँसी हराउँ लाग्छ मलाई।

व्यक्तिका भोगाइहरू कहिल्यै पनि निरपेक्ष हुँदैनन्। झन् एउटा गीतकारका रुपमा गीतको कुरा गरिरहँदा त त्यसले अभिव्यञ्जित गर्ने पक्षहरू बहुआयामिक हुने नै भए। लोचनले गीतमै उनिएका शब्दबाट सामाजिक, राजनीति र सांस्कृतिक रङले भरिएको ‘डार्क’ क्यान्भासलाई निहाल्दै लेखेको हुनुपर्छ, ‘कहिलेकाहीँ आफ्नै मूर्ति आफैंले बनाई मल्यार्पण गरि ताली बजाई नाचौँ लाग्छ मलाई।’

आलो गीतका सन्दर्भमा उनी स्वयं आफैंले के सोचिरहेको छु भन्नुभन्दा पनि अरुले यसलाई कसरी अनुभूत गर्लान् भन्ने चासोमा रहेको बताउँछन्। भन्छन्, ‘एउटा संगीतकर्मीका लागि यस्ताे चासो पनि महत्वपूर्ण हुनेरहेछ।’

लोचनको नयाँ गीत सुन्न यहाँ क्लिक गर्नुहोस्ः


प्रकाशित: August 5, 2021 | 16:50:21 काठमाडौं, बिहीबार, साउन २१, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
संगीत

दसैंमा बज्ने कालजयी १० गीत

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
नेपाल समय
संगीत

'द भ्वाईस' अमेरिकाका सबै जजलाई फर्काउन सफल नेपाली मूलकी प्रजिता

प्रजिताले लब्रिन्थको 'जेलस' गित गाउँदै १५ सेकेन्डमै निर्णायकलाई आफुतिर फर्काउन सफल भएकी हुन्।
नेपाल समय
संगीत

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।
नेपाल समय
संगीत

संगीतकार सुनामको निधन

भाउजू, आमा, दाजुभाइ, बन्धन, चाहनाजस्ता नेपाली चलचित्रमा कालजयी संगीत दिएका सुनामले सेक्सोफोन बाजालाई वाद्यवादनका रूपमा स्थापित गरेका गरे।
नेपाल समय
संगीत

मञ्जुलका ५ दशक पुराना शब्दमा नेपथ्य स्वर

यी शब्द रचना गर्दा मञ्जुल केवल १९ वर्षका थिए। त्यसको निकैपछि मात्र यसले पुस्तकाकारमा सार्वजनिक हुने मौका पायो। तिनै शब्दलाई नेपथ्य ब्यान्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले आफ्नै स्वादमा पस्केपछि अब यो ब्यान्डकै ताजा गीत बन्न पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना