काठमाडौं– कोकाकोलाले कागतीको ताजा स्वादमा स्प्राइट बजारमा ल्याएको छ। नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोकाकोलाले टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ। नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ।
ग्लास बोतलमा स्प्राइट १७५ तथा २५० मिलिलिटरमा उपलब्ध छ। पेट बोतलमा २५० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साइजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले स्प्राइटले पहिलेदेखि नै उपभोक्ताको तन र मनलाई स्फूर्ति प्रदान गर्दै आएको बताए। बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताले नयाँ स्वादको नयाा स्प्राइट लेमन मन पराउने विश्वास व्यक्त गरे।