सोमबार, मंसिर १२, २०७९

अनेक विशेषतासहित आयो 'महिन्द्रा स्कर्पियो-एन'

नेपाल समय  |  काठमाडौं, मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- महिन्द्रा कम्पनीले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ। महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर  आफ्नो बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो।

नयाँ महिन्द्रा स्कर्पियो-एन पूर्ववर्ती  मोडलभन्दा निकै स्मार्ट र नयाँ रहेको कम्पनीले बताएको छ। सन् २००२  मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभीसम्ममा रुपान्तरण भएको छ।

उक्त गाडी सार्वजनिक गर्दै महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन नयाँ गाडीमा रहेको  बताएको छ। सार्वजनिक कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल-न्यू स्कर्पियो-एन एकैसाथ अनावरण गर्न पाउँदा खुसी लागेको बताए। अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर रहेको बताए।

कम्पनीका अनुसार नयाँ महिन्द्रा स्कर्पियो-एनले अत्याधुनिक ड्राइभिङ अनुभव दिन्छ। यसलाई प्रभावशाली उपस्थिति दिने गरी हेड-टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित पुनर्परिभाषित गरी डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ।

एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका गाडीमा नयाँ लोगो राखिएको कम्पनीले जनाएको छ। यसमा राखिएको ‘ट्विन पिक’ लोगोले साहसिक रुपमा अघि बढेको नयाँ दिशाको प्रतिनिधित्व  गर्ने कम्पनीको भनाइ छ।

यो गाडी इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मा डिजाइन गरिएको हो। संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमले इन्जिनियरिङ गरेको यो विश्वस्तरीय सुविधासहित आएको छ।

कम्पनीले यो गाडीलाई ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको भनेको छ। महिन्द्रा स्कर्पियो-एन मोडल हेर्दा आकर्षक मात्रै छैन, यसमा सवारी गर्नेहरुका लागि सुविधा सम्पन्न आरामदायी र सुरक्षित पनि छ। 

कम्पनीले यो गाडीको डिजाइन लोभलाग्दो किसिमले गरेको छ। यसको बनोटले धेरैले प्रभावित गर्नसक्छ। यो जताबाट हेर्दा पनि सफा र उत्कृष्ट बनोटको देखिन्छ। गाडीलाई सुन्दर बनाउन क्रोम ट्यालोन ग्रिल प्रयोग गरिएको छ। सिग्नेचर डुआल ब्यारेल हेडल्याम्प छ। गाडीमा ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प’ पनि छ।

पार्किङका लागि रियर क्यामेरा पनि छ। गाडीका झ्यालमा मेटालिक सिग्नेचर टेल इलिमेन्ट पनि छ। डायमन्ड कट एलोए हि्वल छ। एलईडी प्रोजेक्टर फग ल्याम्प पनि राखिएको छ।