मंगलबार, कार्तिक ९, २०७८
  • गृहपृष्ठ
  • बजार
  • प्रभुले ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

प्रभुले ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

नेपाल समय  |  काठमाडौं, मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- प्रभु बैंक लिमिटेडले मेसिनबाटै बैंक खातामा रकम जम्मा गर्ने सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकको नगद काउन्टरमा सशरीर उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै मेसिनबाटै नगद जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याइएको प्रभु बैंकले जानकारी दिएको हो। 

क्यास रिसाइकल मेसिन (सीआरएम) प्रविधिबाट शुक्रबारदेखि सञ्चालनमा ल्याएको बैंकको भनाइ छ। हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट यो सेवा प्रवाह सुरु भएको छ। यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ। 

मेसिन बाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसिनमा गई आफूले रकम जम्मा गर्न चाहेको बैंक खाता नम्बर टाइप गर्नासाथै उक्त मेसिनमा रकम राख्ने बक्स खुल्छ। उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ। र, त्यसको भौचर प्रिन्ट हुन्छ। मेसिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ। 

मेसिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरूको लागि मात्र उपलब्ध हुनेछ। नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम)सँग आवश्यक सहकार्य गरी प्रभु बैंकबाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यवस्था मिलाइने बैंकले जानकारी दिएको छ। 


प्रकाशित: August 10, 2021 | 10:20:16 काठमाडौं, मंगलबार, साउन २६, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, साउन २६, २०७८

थप समाचार

४७ वटा सहरमा पुग्यो दराज

ई–कमर्स कम्पनी दराजले देशका ४७ सहरमा सेवा विस्तार गरेको छ।

नर्भिकबाट डिस्चार्ज भए मोहन वैद्य

नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन्।

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको हो।

डिशहोमको रिचार्जमा आकर्षक छुट

चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन्।

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेताहरुको नाम घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी आयो लखपति बनायो योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ ।

सनराइज बैंकको १४औं वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई सहयोग

सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

प्रहरीमा अब कसैलाई पनि 'तँ' नभन्‍न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि 'तँ' नभन्‍न निर्देश दिएका छन्।
नेपाल समय
प्रदेश न. २

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय
कला/साहित्य

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय
प्रदेश न. २

अराजक बन्दै सीके राउतको दल, खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
नेपाल समय
शिक्षा

शिक्षक महासंघले २८ कात्तिकदेखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C