मंगलबार, कार्तिक ९, २०७८
  • गृहपृष्ठ
  • बजार
  • एसईई उत्तीर्णलाई नेपाल टेलिकमको सिम निशुल्क, ३ हजार एमबी डाटा र ३ सय मिनेट टकटाइम सित्तैमा

एसईई उत्तीर्णलाई नेपाल टेलिकमको सिम निशुल्क, ३ हजार एमबी डाटा र ३ सय मिनेट टकटाइम सित्तैमा

नेपाल समय  |  काठमाडौं, सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क सिम उपलब्ध गराउने भएको छ। उक्त सिममा ३ हजार एमबी डाटासहित सुविधा पनि प्रदान गरिने टेलिकमले जानकारी दिएको छ। 

सिईई उत्तीर्ण विद्यार्थीले सिम खरिद गर्नका लागि कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्ने र सिम लिइसकेपछि  स्ट्युटेन्ड रजिस्ट्रेसन प्याकमा दर्ता गराउनुपर्ने टेलिकमले बताएको छ। मोबाइल नम्बरबाट एस्ट्रिक १६०० ह्यास (*1600#) डायल गरी सिम्बोल नम्बर र जन्म मिति टिपाउनुपर्ने उल्लेख गरिएको छ। 

उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ। यो सुविधा ३० दिनसम्म निरन्तर हुने टेलिकमले जानकारी दिएको छ। एक महिनामा ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । 


यो अफर भएको नयाँ सिममा रिचार्ज गर्दा समेत बोनस पाइने टेलिकमले जानकारी दिएको छ। ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ। यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ। बोनस सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ।

विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिष्ट्रेशन प्याक सुविधासमेत उपयोग गर्न सक्ने समेत बताएको छ। पुरानो नम्बरबाट एस्ट्रिक १६०० ह्यास (*1600#) मा डायल गरी विद्यार्थीको सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ। 

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन्। त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ। हाललाई एसईई अफरसहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुनेछ। 


प्रकाशित: August 9, 2021 | 15:50:40 काठमाडौं, सोमबार, साउन २५, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, सोमबार, साउन २५, २०७८

थप समाचार

४७ वटा सहरमा पुग्यो दराज

ई–कमर्स कम्पनी दराजले देशका ४७ सहरमा सेवा विस्तार गरेको छ।

नर्भिकबाट डिस्चार्ज भए मोहन वैद्य

नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन्।

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको हो।

डिशहोमको रिचार्जमा आकर्षक छुट

चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन्।

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेताहरुको नाम घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी आयो लखपति बनायो योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ ।

सनराइज बैंकको १४औं वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई सहयोग

सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ।

ट्रेंडिंग

नेपाल समय
विचार

न्यायालयको यो संकटमा जिम्मेवार को?

असार-साउनमा प्रतिनिधिसभा पुनःस्थापना र प्रधानमन्त्रीको नियुक्ति गराउन सर्वोच्च अदालतको संवैधानिक इजलास पूरै समर्पित रह्यो। अगाडि परेका निवेदनको सुनवाइ नगरी पछि परेका निवेदनलाई प्राथमिकता राखी निर्णय दिने तरिका न्यायिक गुणवत्ता होइन त्यो राजनीति हो ।
नेपाल समय
शिक्षा

विद्यालय र बालविकास केन्द्रको संख्या नपठाए अनुदान रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय र बालविकास केन्द्रको संख्या सुनिश्चित गरेर पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।
नेपाल समय
प्रदेश न. २

निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा पराजित उम्मेदवार विजयी

महोत्तरीको एक स्थानीय तहको वडामा निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा निकटतम प्रतिद्वन्द्वी रहँदै पराजित भएका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय
शिक्षा

अन्योलमा २० हजार ६१३ शिक्षकको विज्ञापन, आयोग नियमावली मन्त्रिपरिषद्‍मै अड्कियो

प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ।
नेपाल समय
राजनीति

मुख्यमन्त्री आचार्य, जसले संविधान मिचेर १६ दिन सत्ता लम्ब्याए

एमाले सचिव भीम आचार्य तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद् विघटन गर्दा प्रतिगमन भयो भन्दै आन्दोलनको अग्रपंक्तिमा थिए। ओलीले सत्ता लम्ब्याउन संविधान मिचेको आरोप लगाउँदै प्रदेश १ मा आन्दोलनको नेतृत्व पनि गरे।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C