लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि अधिवेशन अन्त्य भएको हो।
बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिने वा अविश्वास प्रस्तावको सामाना गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिने निष्कर्ष निकालेको हो।